News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गता भएका व्यक्तिको सवालमा गाउँपालिका संवेदनशिल छ=उपाध्यक्ष राना

बिबश जि एम२४ माघ २०७९
५७३ पटक
२४ माघ २०७९

अपाङ्गता सम्बन्धि जनप्रतिनिधि र कर्मचारीहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

गौमुखी गाउँपालिकाको सहयोगमा गौमुखी गाउँपालिका स्तरीय अपाङ्ग सञ्जालको आयोजना कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के.सीले कार्यक्रमको सहजिकरण गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिको बर्तमान अवस्था, बनेका नितिनियम, अपाङ्गता परिचय पत्र वितरण प्रक्रिया, सेवा सुविधा र स्थानीय तहले अपाङ्गता भएको व्यक्तिको अधिकार र सेवा प्रवाहमा गर्नुपर्ने भुमिकाको बिषयमा सहजिकरण गरेका हुन् ।


गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर राना मगरले अपाङ्गता भएका व्यक्तिको सवालमा गाउँपालिका संवेदनशिल भएको बताए ।


त्यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ति मगरले अपाङ्गता भएका व्यक्तिका हक हित र विकासमा सबैको ध्यान जानु पर्ने आवश्यकता रहेको बताए । साथै अधिकृत घर्तिले अपाङ्गता मैत्री सेवा प्रवाहमा आफुहरु सधै सहयोग गर्न तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

अपाङ्ग सञ्जालका अध्यक्ष निरज हमालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखाकी उमा अर्यालले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...