News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गता भएका व्यक्तिको सवालमा गाउँपालिका संवेदनशिल छ=उपाध्यक्ष राना

बिबश जि एम२४ माघ २०७९
८४४ पटक
२४ माघ २०७९

अपाङ्गता सम्बन्धि जनप्रतिनिधि र कर्मचारीहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

गौमुखी गाउँपालिकाको सहयोगमा गौमुखी गाउँपालिका स्तरीय अपाङ्ग सञ्जालको आयोजना कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के.सीले कार्यक्रमको सहजिकरण गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिको बर्तमान अवस्था, बनेका नितिनियम, अपाङ्गता परिचय पत्र वितरण प्रक्रिया, सेवा सुविधा र स्थानीय तहले अपाङ्गता भएको व्यक्तिको अधिकार र सेवा प्रवाहमा गर्नुपर्ने भुमिकाको बिषयमा सहजिकरण गरेका हुन् ।


गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर राना मगरले अपाङ्गता भएका व्यक्तिको सवालमा गाउँपालिका संवेदनशिल भएको बताए ।


त्यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ति मगरले अपाङ्गता भएका व्यक्तिका हक हित र विकासमा सबैको ध्यान जानु पर्ने आवश्यकता रहेको बताए । साथै अधिकृत घर्तिले अपाङ्गता मैत्री सेवा प्रवाहमा आफुहरु सधै सहयोग गर्न तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

अपाङ्ग सञ्जालका अध्यक्ष निरज हमालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखाकी उमा अर्यालले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...