News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको प्रचार प्रसार समितिको विहिबार बसेको बैठकले टिकट दर निर्धारण गर्‍यो, जेष्ठ नागरिकलाई भने टिकट नलाग्ने

बिबश जि एम२६ माघ २०७९
६७० पटक
२६ माघ २०७९

जिल्लामा संञ्चालन हुन लागेको स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवको प्रचार प्रसार समितिको बैठक निरन्तर रुपमा चलिरहेको छ । सोही अनुसार विहिबार बैठक बसेको प्यूठान उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार बिजय सिहं भारतीले जानकारी दिए । विहिबारको बैठकले आगामी फागुन ४ गते दखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रचारप्रसारको कामलाई अगाडी बढाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले महोत्सवको टिकट दर रेटको पनि निर्धारण गरिसकेको छ । टिकट दर ८० रुपैयाँ रहने भएको छ । विद्यार्थीको लागि ५० रुपैयाँ र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई भने निशुल्क रहने गरि निर्णंय गरेको प्रेस सल्लाहाकार भारतीले बताए । जेष्ठ नागरिकले भने आफ्नो परिचय खुल्ने गरि जेष्ठ नागरिकको परिचय पत्र अनिवार्य रुपमा लिएर आउन समितिले अनुरोध गरेको छ । साथै स्टल बुकिङ्ग पनि चलिरहेको जानकारी गराउदै भारतीले उद्योग बाणिज्य संघका सदस्यहरुलाई भने २५ प्रतिशत छुट रहने बताए ।
महोत्सवमा दोहीरी प्रतियोगिता सहित दैनिक निशुल्क स्वास्थ्य शिविर पनि रहने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...