News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको प्रचार प्रसार समितिको विहिबार बसेको बैठकले टिकट दर निर्धारण गर्‍यो, जेष्ठ नागरिकलाई भने टिकट नलाग्ने

बिबश जि एम२६ माघ २०७९
४२७ पटक
२६ माघ २०७९

जिल्लामा संञ्चालन हुन लागेको स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवको प्रचार प्रसार समितिको बैठक निरन्तर रुपमा चलिरहेको छ । सोही अनुसार विहिबार बैठक बसेको प्यूठान उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार बिजय सिहं भारतीले जानकारी दिए । विहिबारको बैठकले आगामी फागुन ४ गते दखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रचारप्रसारको कामलाई अगाडी बढाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले महोत्सवको टिकट दर रेटको पनि निर्धारण गरिसकेको छ । टिकट दर ८० रुपैयाँ रहने भएको छ । विद्यार्थीको लागि ५० रुपैयाँ र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई भने निशुल्क रहने गरि निर्णंय गरेको प्रेस सल्लाहाकार भारतीले बताए । जेष्ठ नागरिकले भने आफ्नो परिचय खुल्ने गरि जेष्ठ नागरिकको परिचय पत्र अनिवार्य रुपमा लिएर आउन समितिले अनुरोध गरेको छ । साथै स्टल बुकिङ्ग पनि चलिरहेको जानकारी गराउदै भारतीले उद्योग बाणिज्य संघका सदस्यहरुलाई भने २५ प्रतिशत छुट रहने बताए ।
महोत्सवमा दोहीरी प्रतियोगिता सहित दैनिक निशुल्क स्वास्थ्य शिविर पनि रहने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...