News Portal

रेडियो सुन्नुहोस्

जवाफदेही भएर झिमरुकको बिकास र समृद्धि अभियानमा छौ=अध्यक्ष क्षेत्री

झुलेनी पोष्ट०१ फागुन २०७९
७३७ पटक
०१ फागुन २०७९

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकाको बिकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जनतालाई बढि भन्दा बढी लाभ पुग्ने गरी योजना बनाएको बताए ।

जवाफदेही भएर झिमरुकको बिकास र समृद्धि अभियानमा लागेको उनले बताए । पालिका भित्र रहेका सम्भावनालाई समेट्ने गरी झिमरुकको बिकास र समृद्धिको लागि बिज्ञ सहितको कार्यशाला फागुन ८ र ९ गते तय गरेको समेत उनले जानकारी दिए।
पालिकाले ठुला योजना सहित जनताको आवश्यकताको आधारमा योजना तय गरिएको उल्लेख गर्दै १५ शैयाको अस्पताल, चिस्यान केन्द्र, ठूला सडक पुर्वाधारको योजना अघि बढाएको उनले बताएका छन् ।


कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेलले सार्वजनिक सुनुवाईले पालिकाको काम कार्वाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अहिले पालिकाको योजनाको काम तीब्र रुपमा अगाडी बढेको समेत जानकारी दिए । योजना समयमै सप्पन्न गर्न बिहानदेखि साझसम्म निरन्तर खटिएको उनको भनाइ छ ।

उपाध्यक्ष पोख्रेलले जनताको आवश्यकतालाई क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता ब्यक्त बताएका छन्। सबै पक्षलाई समेट्दै बिना आग्रह पुर्वाग्रह काम गरिएको उनको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले यस आर्थिक वर्षको पुस मसान्तसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघर्ष मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा  पत्रकार प्रज्वल पहाडीले नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमत पत्रको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन पत्रकार सुजल श्रेष्ठले गरेका भने कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि बुद्धिजीवी उपभोक्त लगाएको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...