News Portal

रेडियो सुन्नुहोस्

भालुवाङमा नागरिक सहायताकक्ष स्थापना, यात्रुमैत्री व्यवहार गर्न ट्राफिक प्रमुख जिसीको आग्रह

सन्तोषकुमार गुप्ताअसोज १८ भालुवाङ
२३१४ पटक
असोज १८ भालुवाङ

हिन्दुहरुको महान् चार्ड विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसरमा बुधवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक प्युठान रोडको प्रतिक्षालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले नागरिक सहायता कक्ष स्थापना गरेको हो । चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुहरुले विभिन्न समस्या भोग्न सक्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरीे प्रमुख उत्तमकुमार जिसीले बताएका छन् ।

ट्राफिक प्रमुख जिसीले सम्पुर्ण सवारी चालक तथा सहचालकहरुलाई यात्रुमैत्री व्यवहार गर्न सुझाव दिएका छन् । साथै उनले भालुवाङको प्युठानरोडमा बढी यातायात व्यवसायीयले यात्रुहरुलाई दुख दिएको र लुटपाट समेत त्यस क्षेत्रमा बढी हुने गरेका कारण पनि त्यही क्षेत्रलाई लक्षित गरी सहायता कक्ष स्थापना गरिएको बताए । त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डेले राप्ती अञ्चलकै प्रवेशद्धाराको रुपमा रहेको भालुवाङमा दशै तिहार जस्ता महत्वपुर्ण चार्डपर्वमा बढी भिड हुने र त्यही मौका छोपेर लुटेराहरु समेत सलबलाउने भएकाले सुरक्षा व्यवस्थालाई कडा बनाइने बताएका छन् ।

प्रहरी निरिक्षक पाण्डेले यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने एवं अभद्र व्यवहार हुन सक्ने भएकाले समस्या समाधानका लागि नागरिक सहायता कक्षले महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यस्तै कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समितिका प्रशासनिक इन्चार्ज नारायण न्यौपानेले कुनै पनि यात्रुलाई जर्वजस्ती तान्ने, दुख दिने काम नगर्न नगराउन अनुरोध गर्दै सुरक्षा निकायलाई विषेश निगरानी गर्न सुझाव दिएका छन् ।

यसैबीच यात्रुहरुलाई कुनै समस्या परेमा अस्थाई ट्राफिक पोष्ट भालुवाङको फोन नम्बर ०८२–५६००४१,मोबाइल नम्बर ९८५१२८२४२५,९८५८७९०१४३, इलाका प्रहरी कार्यालय भालुवाङको फोन नम्बर ०८२–४१५०८४, मोबाइल नम्बर ९८५७८९००६९, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको फोन नम्बर ०७१–५४०७००, कन्ट्रोलन १०३, जिल्ला प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६०१९९, कन्ट्रोलको सम्पर्क नम्बर १००, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६००४१, कार्यालय प्रमुखको मोबाइल नम्बर ९८५७८३५३३१, ट्राफिक प्रहरी तुलसीपुर ९८५७८९०२१३ र अस्थाई ट्राफिक प्रहरी कार्यालय लमहीको फोन नम्बर ९८५७०९००२७ रहेका छन् । साथै उनले समस्या परेमा आफू रहेको नजिकको यी नम्बरमा सम्पर्क गर्न सकिने अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख जिसीले सम्पूर्ण यात्रुहरुमा अनुरोध समेत गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...