News Portal

रेडियो सुन्नुहोस्

भालुवाङमा नागरिक सहायताकक्ष स्थापना, यात्रुमैत्री व्यवहार गर्न ट्राफिक प्रमुख जिसीको आग्रह

सन्तोषकुमार गुप्ताअसोज १८ भालुवाङ
१७६० पटक
असोज १८ भालुवाङ

हिन्दुहरुको महान् चार्ड विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसरमा बुधवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक प्युठान रोडको प्रतिक्षालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले नागरिक सहायता कक्ष स्थापना गरेको हो । चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुहरुले विभिन्न समस्या भोग्न सक्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरीे प्रमुख उत्तमकुमार जिसीले बताएका छन् ।

ट्राफिक प्रमुख जिसीले सम्पुर्ण सवारी चालक तथा सहचालकहरुलाई यात्रुमैत्री व्यवहार गर्न सुझाव दिएका छन् । साथै उनले भालुवाङको प्युठानरोडमा बढी यातायात व्यवसायीयले यात्रुहरुलाई दुख दिएको र लुटपाट समेत त्यस क्षेत्रमा बढी हुने गरेका कारण पनि त्यही क्षेत्रलाई लक्षित गरी सहायता कक्ष स्थापना गरिएको बताए । त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डेले राप्ती अञ्चलकै प्रवेशद्धाराको रुपमा रहेको भालुवाङमा दशै तिहार जस्ता महत्वपुर्ण चार्डपर्वमा बढी भिड हुने र त्यही मौका छोपेर लुटेराहरु समेत सलबलाउने भएकाले सुरक्षा व्यवस्थालाई कडा बनाइने बताएका छन् ।

प्रहरी निरिक्षक पाण्डेले यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने एवं अभद्र व्यवहार हुन सक्ने भएकाले समस्या समाधानका लागि नागरिक सहायता कक्षले महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यस्तै कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समितिका प्रशासनिक इन्चार्ज नारायण न्यौपानेले कुनै पनि यात्रुलाई जर्वजस्ती तान्ने, दुख दिने काम नगर्न नगराउन अनुरोध गर्दै सुरक्षा निकायलाई विषेश निगरानी गर्न सुझाव दिएका छन् ।

यसैबीच यात्रुहरुलाई कुनै समस्या परेमा अस्थाई ट्राफिक पोष्ट भालुवाङको फोन नम्बर ०८२–५६००४१,मोबाइल नम्बर ९८५१२८२४२५,९८५८७९०१४३, इलाका प्रहरी कार्यालय भालुवाङको फोन नम्बर ०८२–४१५०८४, मोबाइल नम्बर ९८५७८९००६९, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको फोन नम्बर ०७१–५४०७००, कन्ट्रोलन १०३, जिल्ला प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६०१९९, कन्ट्रोलको सम्पर्क नम्बर १००, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६००४१, कार्यालय प्रमुखको मोबाइल नम्बर ९८५७८३५३३१, ट्राफिक प्रहरी तुलसीपुर ९८५७८९०२१३ र अस्थाई ट्राफिक प्रहरी कार्यालय लमहीको फोन नम्बर ९८५७०९००२७ रहेका छन् । साथै उनले समस्या परेमा आफू रहेको नजिकको यी नम्बरमा सम्पर्क गर्न सकिने अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख जिसीले सम्पूर्ण यात्रुहरुमा अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...