News Portal

रेडियो सुन्नुहोस्

फागुन ७ गते चर्चित लोक प्रीय गायक पशुपति शर्मा र टिका प्रसाई सहित अन्य कलाकारको प्रस्तुती हुने

बिबश जि एम०६ फागुन २०७९
५०७ पटक
०६ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको तेस्रो दिन शनिबार झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाका प्यूठान डान्स आइडलमा मेघा राउण्डमा पुगेकाहरुको प्रस्तुती भएको छ ।
स्वगैद्धारी प्यूठान पाचौैं महोत्सवले राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती गराउदै आएको छ ।
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज तेस्रो दिन प्यूठान डान्स आइडलबाट मेघा राउण्डमा पुगेका झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाका प्रतिस्पर्धीहरुले आज प्रस्तुती दिएका छन् ।

झिमरुक गाउँपालिकाको २ जना र बाँकी २३ जना प्यूठान नगरपालिकाको गरि २५ जना आइडलको दोस्रो चरण वा मेघाराण्डको प्रतिस्पर्धीहरु मध्य १४ जना अर्को चरणको लागि छनोटमा परेका छन् । जिल्लाभर बाट जम्मा २९ जनाले भोली आइतबार प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यस्तै शनिबार नै भएको दोहोरी प्रतियोगिताका लागि नौबहिनी गाउँपालिका र स्वर्गद्धारी नगरपालिका विच कडा प्रतिस्पर्धा भएको थियो ।
साथै आजको कार्यक्रमको लागि मुख्य आकर्षकको रुपमा बद्री पगेंनी, सम्झना लामिछाने मगर, विमल अधिकारी, अन्जली अधिकारी लगायत अन्य कलाकारले प्रस्तुति दिएका छन् ।
भोलि फागुन ७ गतेका आइतबार मुख्य आकर्षकको लागि चर्चित लोक प्रीय गायक पशुपति शर्मा, गायिका टिका प्रसाई, प्रचण्ड जि.सी, लेखराज गुरुङ, दिपु पुन मगर सँगै अन्य स्थानीय कलकारहरुको बेजोड प्रस्तुती रहने आयोजक प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...