News Portal

रेडियो सुन्नुहोस्

फागुन ७ गते चर्चित लोक प्रीय गायक पशुपति शर्मा र टिका प्रसाई सहित अन्य कलाकारको प्रस्तुती हुने

बिबश जि एम०६ फागुन २०७९
७१३ पटक
०६ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको तेस्रो दिन शनिबार झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाका प्यूठान डान्स आइडलमा मेघा राउण्डमा पुगेकाहरुको प्रस्तुती भएको छ ।
स्वगैद्धारी प्यूठान पाचौैं महोत्सवले राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती गराउदै आएको छ ।
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज तेस्रो दिन प्यूठान डान्स आइडलबाट मेघा राउण्डमा पुगेका झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाका प्रतिस्पर्धीहरुले आज प्रस्तुती दिएका छन् ।

झिमरुक गाउँपालिकाको २ जना र बाँकी २३ जना प्यूठान नगरपालिकाको गरि २५ जना आइडलको दोस्रो चरण वा मेघाराण्डको प्रतिस्पर्धीहरु मध्य १४ जना अर्को चरणको लागि छनोटमा परेका छन् । जिल्लाभर बाट जम्मा २९ जनाले भोली आइतबार प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यस्तै शनिबार नै भएको दोहोरी प्रतियोगिताका लागि नौबहिनी गाउँपालिका र स्वर्गद्धारी नगरपालिका विच कडा प्रतिस्पर्धा भएको थियो ।
साथै आजको कार्यक्रमको लागि मुख्य आकर्षकको रुपमा बद्री पगेंनी, सम्झना लामिछाने मगर, विमल अधिकारी, अन्जली अधिकारी लगायत अन्य कलाकारले प्रस्तुति दिएका छन् ।
भोलि फागुन ७ गतेका आइतबार मुख्य आकर्षकको लागि चर्चित लोक प्रीय गायक पशुपति शर्मा, गायिका टिका प्रसाई, प्रचण्ड जि.सी, लेखराज गुरुङ, दिपु पुन मगर सँगै अन्य स्थानीय कलकारहरुको बेजोड प्रस्तुती रहने आयोजक प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...