News Portal

रेडियो सुन्नुहोस्

बुबा थलापरे, आमाले छाडेरगइन, दुई बालिकाको विचल्ली

झुलेनी नेटवर्क२०७९, फागुन ७
६२६ पटक
२०७९, फागुन ७

बुबा ओछ्यान छोड्नै नसक्नेगरि लडेका छन् । आमाले छोडेर अर्कैसंग बिवाह गरिन । प्यूठान नगरपालिका ६ माझकोट खोलीगाउँका दुई बालिका विचल्लीमा छन् । ५ वर्षीय पवित्रा र ७ वर्षीय यलीसा घर्तीको बुबा लडेर बिरामी परेपछि विचल्ली भएको हो । आमा सीता थापाले छोरीहरुलाई छाडेर अर्कैसंग बिवाह गरेर गएको दुई वर्ष बढि भो । माझकोट खोलिगाउँका ३२ वर्षीय हस्तबहादुर घर्तीमगर ओछ्यानमै हलचल गर्न नसक्नेगरि पल्टिएपछि छोरीहरुको बिचल्ली भएको स्थानीय बताउँछन् ।

बालीकाहरु छिमेकीको घरमा बसेका छन् । स्थानीय विद्यालयमा कक्षा १ का अध्ययरत उनीहरु बुबा बिरामी परेपछि नियमित विद्यालय जान समेत पाएका छैनन् । हस्त बहादुरले दिसा,पिसाव ओछ्यानै गर्छन् । उनको स्याहार अलग भएका भाइले आफ्नो घरमा राखेर गर्दै आएका छन् । बिरामी परेपछि हस्त बाहादुरको घरमा ताल्चा लगाएको छ ।
गाउँमा ज्यालादारीमा काम गरेर दुई छाकको जोहो गर्ने घर्ती यही फागनु १ गते छिमेकीको घर निर्माण गर्नेक्रममा गाँरो लगाउँदै गर्दा लडेका थिए । त्यसपछि स्थानीय समाज सेवीहरुले केहि रकम चन्दा संकलन गरेर घर्तीलाई जिल्ला अस्पताल बिजुवार ल्याएको स्थानीय टिका बहादुर थापाले बताए । त्यहाँबाट रिफर गिरियो । बुटवलको लुम्बिनी सीटी अस्पतालमा पुराएका थिए । त्यहाँ चिकित्सकले पछाडीको मेरुडण्ड भाचिएको भनेका थिए ।

उपचार खर्चको रकम सकिएपछि घर फर्कन परेको हस्त बहादुरले बताए । ‘अरुको काम गरेर छोरीहरु पालेको थिय,’उनले भने,‘ आफू कहिले मर्ने हो भन्दै दिन गन्ने भइयो । छोरीहरुको भविष्य सम्झिएर निकै चिन्ता लाग्छ ।’ उनी लडेपछि घरमा आगो बलेको छैन् । ‘छोरीहरु एक्लै घरमा बस्न सक्ने अवस्थाका छैन,’ गहभरी आँसु

 

 

झार्दै उनले भने,‘छिमेकीले कति दिन पाल्देलान् ? ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...