News Portal

रेडियो सुन्नुहोस्

सबैलाई भावुक बनाए शान्ति श्री परियारले, भोलि ०९ गते मंगलबार राधिका हमाल, महेश काफ्ले, करण तामाङ लगायतको प्रस्तुति

बिबश जि एम०८ फागुन २०७९
९६२ पटक
०८ फागुन २०७९

फागुन ४ गते देखी सुरु भएको स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज पाचौं दिनमा प्यूठान डान्स आइडलमा छनोट भएका १७ जना मध्य आज ४ जनालाई आउट गर्दै १३ जना अर्को चरणको लागि छनोट भएका छन् ।
१७ जना मध्यबाट १ जना उत्कृष्ट प्रतियोगिलाई पुरस्कार समेत प्रदान गरिएको छ । पुरुस्कृत हुनेमा प्यूठान नगरपालिकाका प्रतियोगि सरस्वती घर्ति मगर छ ।
मेघा राउण्ड सुरु भए देखी उत्कृष्ट हुनेलाई रियान एण्ड रिद्धिमा कस्मेटिक सेन्टरले पुरस्कारको व्यवस्था गर्दै आएको छ ।
त्यस्तै आज सोमबार भएको प्यूठान महोत्सवको मुख्य आकर्षकको रुपमा चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार, रचना रिमाल, राजेश भण्डारी, विनोद परियार लगायत अन्य कलाकारले समेत प्रस्तुति दिएका थिए ।
आज सोमबार चर्चित लोक प्रीय गायिका शान्ति श्री परियारले आफु सँगै दर्शकलाई “बोल माया” बोलको गित गाएर भावुक बनाएका थिए ।
विदेशीयको पिडामा रहेको गितले केही दर्शकको आँखामा भने आशु समेत झरेको थियो ।
पछिल्लो समयको भाइरल गायिका रचना रिमालले आधा दर्जन भन्दा बढि चर्चित गित गाएर दर्शकलाई झुमाएका थिए ।
फागुन ९ गते मंगलबार भोलि राधिका हमाल, महेश काफ्ले, करण तामाङ, दिपु पुन मगर, विनोद परियार लगायतका कलाकारको प्रस्तुति रहने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...