News Portal

रेडियो सुन्नुहोस्

सुनिलस्मृतिमा सहकारीका महिलालाई गहना वनाउने तालिम सम्पन्न

सुजाता थापा क्षेत्री२०७९ फागुन १४, रोल्पा
६९१ पटक
२०७९ फागुन १४, रोल्पा

सुनिलस्मृति गाउँपालिका रोल्पाले सहकारीमा आवद्ध महिलाहरुलाई कृष्टलका गरगहना वनाउने तालिम दिएको छ । गाउँपालिका भित्रका ५ सहकारीका १६ महिलालाई गरगहना वनाउने तालिम दिईएको सुनिलस्मृति गाउँपालिका लै‌‌गिक समानता तथा सामाजिक समावेशिकरण शाखा प्रमुख भगवती वुढाले वताईन ।

कृष्टलका गरगहना उत्पादनको आधारभुत तालिम लिएर काम गरिरहेका महिलाहरुलाई ६ दिनको स्तरवृद्धी तालिम दिईएको हो । तालिममा तालिम समापन कार्यक्रममा वोल्दै सुनिलस्मृति गाउँपालिकाको अध्यक्ष मणिराम बुढाथोकीले सिप सिकेर व्यवसायिक रुपमा अगाडी वढ्न चाहने महिलालाई गाउँपालिकाले सहयोग गर्ने वताए । तालिम लिने र काम नगर्ने प्रवृत्तीको अन्त्य गरेर सिपलाई व्यवसायमा जोड्न वित्तिय सहजताका लागि आवश्यक सहजिकरण गर्ने वताए । वजारको आवश्यकता र उपभोक्ताको रुचि हेरेर वस्तु उत्पादन गर्न सकेमा घरमै वसेर राम्रो आम्दानी गर्न सकिने भएकाले तालिममा सिकेको सिपलाई आम्दानीको आधार वनाउन सहभागिलाई सुझाव दिए ।

तालिममा एकता महिला बचत ऋण सहकारी संस्था मिझिङ वाट ३ जना, चतुरभुज महिला बचत तथा ऋण सहकारी संस्था खुङग्री वाट ४ जना, गजुलकोट महिला बचत तथा ऋण सहकारी संस्था गजुल वाट ३ जना, लिस्ने महिला बचत तथा ऋण सहकारी संस्था अरेस वाट ३ जना र जागृती कृषि महिला सहकारी संस्था घोडागाउँवाट ३ जना महिला सहभागि भएका थिए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...