News Portal

रेडियो सुन्नुहोस्

सुनिलस्मृतिमा सहकारीका महिलालाई गहना वनाउने तालिम सम्पन्न

सुजाता थापा क्षेत्री२०७९ फागुन १४, रोल्पा
५५१ पटक
२०७९ फागुन १४, रोल्पा

सुनिलस्मृति गाउँपालिका रोल्पाले सहकारीमा आवद्ध महिलाहरुलाई कृष्टलका गरगहना वनाउने तालिम दिएको छ । गाउँपालिका भित्रका ५ सहकारीका १६ महिलालाई गरगहना वनाउने तालिम दिईएको सुनिलस्मृति गाउँपालिका लै‌‌गिक समानता तथा सामाजिक समावेशिकरण शाखा प्रमुख भगवती वुढाले वताईन ।

कृष्टलका गरगहना उत्पादनको आधारभुत तालिम लिएर काम गरिरहेका महिलाहरुलाई ६ दिनको स्तरवृद्धी तालिम दिईएको हो । तालिममा तालिम समापन कार्यक्रममा वोल्दै सुनिलस्मृति गाउँपालिकाको अध्यक्ष मणिराम बुढाथोकीले सिप सिकेर व्यवसायिक रुपमा अगाडी वढ्न चाहने महिलालाई गाउँपालिकाले सहयोग गर्ने वताए । तालिम लिने र काम नगर्ने प्रवृत्तीको अन्त्य गरेर सिपलाई व्यवसायमा जोड्न वित्तिय सहजताका लागि आवश्यक सहजिकरण गर्ने वताए । वजारको आवश्यकता र उपभोक्ताको रुचि हेरेर वस्तु उत्पादन गर्न सकेमा घरमै वसेर राम्रो आम्दानी गर्न सकिने भएकाले तालिममा सिकेको सिपलाई आम्दानीको आधार वनाउन सहभागिलाई सुझाव दिए ।

तालिममा एकता महिला बचत ऋण सहकारी संस्था मिझिङ वाट ३ जना, चतुरभुज महिला बचत तथा ऋण सहकारी संस्था खुङग्री वाट ४ जना, गजुलकोट महिला बचत तथा ऋण सहकारी संस्था गजुल वाट ३ जना, लिस्ने महिला बचत तथा ऋण सहकारी संस्था अरेस वाट ३ जना र जागृती कृषि महिला सहकारी संस्था घोडागाउँवाट ३ जना महिला सहभागि भएका थिए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...