News Portal

रेडियो सुन्नुहोस्

जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास

बिबश जि एम१५ फागुन २०७९
२०४ पटक
१५ फागुन २०७९

प्यूठान नगरपालिका ५ जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास भएको छ ।

प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले एक कार्यक्रमका विच भवनको शिलन्यास गरे ।

शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख योगिले कामको मापदण्ड अनुसार गुणस्तरिय काम गर्न सुझाव दिए ।

कामलाई समयमा सम्पन्न गर्ने गरि छिटो छरितो गर्न समते आग्रह गरेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माणको लागि रु ५० लाख लागतमा उक्त काम सुरु गरिएको शिद्ध मा.विका प्रधानाध्यापक नर बहादुर घर्ति मगरले जानकारी दिए ।

उपभोक्ता समिति मार्फत सुरु भएको कामको समयावधि आउदो असार मसान्तासम्म रहेको पनि प्रधानाध्यापक घर्तिले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर बहादुर सुनारको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...