News Portal

रेडियो सुन्नुहोस्

लोप हुँदै होरी गीत

झुलेनी पोष्ट२०७९फागुन, १७ प्यूठान
११६५ पटक
२०७९फागुन, १७ प्यूठान

पछिल्लो समय आधुनिकता भित्रिएसँगै होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका हुन् । “पहिले पहिले होली आउनुभन्दा दुईचार दिन अगाबै विषेश गरी पुरुषहरु हातमा डम्फु लिएर गाउँगाउँमा नाचँगान गर्न हिड्दथे तर आजभोली त्यसको साटो केटाकेटीहरु होलीका दिन डाडाँकाडाँमा गएर हिन्दी, रफ तथा डिजे गितमा नाच्न एवम् झुमिन थालेका छन्, माण्डवी गाउँपालिका वडा नं.२ का मान बहादुर खड्काले भने ।”
उहाँले भन्नुभयो “हाम्रो पालामा उठ भाई राता हो, फागुने हुरी आयो, उठ भाई उठ हो भन्दै गित गाउथ्यौ तर अहिले विस्तारै लोप हुदै गएको छ । ” “आजभोलि गाउँदेखि शहरसम्म विभिन्न सङ्घसंस्था, सङ्गठन तथा सरकारी कार्यालयमा एकसाता अगाडिदेखिनै होलीको नाममा होली मिलन कार्यक्रमको आयोजना गरेर सामूहिक रुपमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ । अहिले जे जस्तो कार्यक्रम गरेर होली मनाए पनि होलीको मौलिकता भने हराउँदै गएको छ । विगतमा होलीमा गाइने परम्परागत होरी र जोगिरा सररर जस्ता गीतहरु अहिले सुन्न पाइन छोडिएको छ, खड्काले भने ।”
पहिले होलीमा हल्का रङ्ग र अबीर मात्र खेलिन्थ्यो । अहिलेको होली मोबिल, कालो रङ्ग, कुहिएको अण्डा, हिलो र पानीको होलीमा परिणत भएको छ । साँझ परेपछि परम्परागत होरी र जोगिरा गाइन्थ्यो ।आजभोलिका होली गीतमा अपाच्य शब्द प्रयोग हुने गरेका छन् । अहिले डिजेमा अश्लिल र अपाच्य गीत बज्ने गरेका छन् । जसले गर्दा हाम्रो परम्परागत होली लोप हुँदै गइरहेको हो । विशेष गरी होरी गित प्यूठानको माण्डवी, प्यूठान नगरपालिका, सरुमारानी गाउँपलिका लगाएत दाङ सहित तराई जिल्ला र सुदुरपश्चिम प्रदेशमा गाइने प्रचलन छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...