News Portal

रेडियो सुन्नुहोस्

लोप हुँदै होरी गीत

झुलेनी पोष्ट२०७९फागुन, १७ प्यूठान
९६१ पटक
२०७९फागुन, १७ प्यूठान

पछिल्लो समय आधुनिकता भित्रिएसँगै होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका हुन् । “पहिले पहिले होली आउनुभन्दा दुईचार दिन अगाबै विषेश गरी पुरुषहरु हातमा डम्फु लिएर गाउँगाउँमा नाचँगान गर्न हिड्दथे तर आजभोली त्यसको साटो केटाकेटीहरु होलीका दिन डाडाँकाडाँमा गएर हिन्दी, रफ तथा डिजे गितमा नाच्न एवम् झुमिन थालेका छन्, माण्डवी गाउँपालिका वडा नं.२ का मान बहादुर खड्काले भने ।”
उहाँले भन्नुभयो “हाम्रो पालामा उठ भाई राता हो, फागुने हुरी आयो, उठ भाई उठ हो भन्दै गित गाउथ्यौ तर अहिले विस्तारै लोप हुदै गएको छ । ” “आजभोलि गाउँदेखि शहरसम्म विभिन्न सङ्घसंस्था, सङ्गठन तथा सरकारी कार्यालयमा एकसाता अगाडिदेखिनै होलीको नाममा होली मिलन कार्यक्रमको आयोजना गरेर सामूहिक रुपमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ । अहिले जे जस्तो कार्यक्रम गरेर होली मनाए पनि होलीको मौलिकता भने हराउँदै गएको छ । विगतमा होलीमा गाइने परम्परागत होरी र जोगिरा सररर जस्ता गीतहरु अहिले सुन्न पाइन छोडिएको छ, खड्काले भने ।”
पहिले होलीमा हल्का रङ्ग र अबीर मात्र खेलिन्थ्यो । अहिलेको होली मोबिल, कालो रङ्ग, कुहिएको अण्डा, हिलो र पानीको होलीमा परिणत भएको छ । साँझ परेपछि परम्परागत होरी र जोगिरा गाइन्थ्यो ।आजभोलिका होली गीतमा अपाच्य शब्द प्रयोग हुने गरेका छन् । अहिले डिजेमा अश्लिल र अपाच्य गीत बज्ने गरेका छन् । जसले गर्दा हाम्रो परम्परागत होली लोप हुँदै गइरहेको हो । विशेष गरी होरी गित प्यूठानको माण्डवी, प्यूठान नगरपालिका, सरुमारानी गाउँपलिका लगाएत दाङ सहित तराई जिल्ला र सुदुरपश्चिम प्रदेशमा गाइने प्रचलन छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...