News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले ५१ प्रतिशत जनमत सहित सरकारमा जान्छ : डा. भट्टराई

बिबश जि एम१९ फागुन २०७९ प्यूठान
९०५ पटक
१९ फागुन २०७९ प्यूठान

नेकपा एमालेका स्थायि कमिटी सदस्य डा. राजन भटराईले मुलुकको व्यवस्था र अर्थतन्त्र संकटतर्फ उन्मुख भएको वताएका छन् । मुलुकको अवस्था अप्ठ्यारोमा पारेर स्वार्थकेन्द्रित गठवन्धन गरेर एमालेलाई एक्ल्याउन खोजिएपनि नेकपा एमाले भविश्यमा पुनः ५१ प्रतिशत जनमत सहित सत्तामा पुग्ने उनको दावि छ ।

नेकपा एमालेले देशव्यापि रुपमा सञ्चालन गरेको कार्यक्रम मिसन ग्रासरुटको अनुगमनको क्रममा प्यूठानमा रहेका नेता भटराईले पुष १० पछी मुलुकलाई दिर्घकालिन हिसावले सहि वाटोमा लैजानका लागि नयाँ गठवन्धनको थालनि गरिएपनि छोटो समयमा वेईमानि गरिएको भटराईले वताए ।

“हामिले अवको अवस्थामा प्रतिपक्षीको भुमिका निर्वाह गर्नेछौ । देशको विषयमा, जनहित, शुसासनको प्रत्याभुती, सुशासनका विषयमा सडक र सदनवाट हामिले आवाज उठाउनेछौँ” डा. भटराईले सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिदै भने – “हामि टोल टोलमा पुगेर घर घरमा पुगेर नेकपा एमाले के गर्न खोजेको थियो, किन दिईएको छैन, के भईरहेको छ भन्ने विषयमा जनताको विषयमा जनताकै विचमा पुगेर स्पस्ट पाछौँ । नेकपा एमालेकाे नेतृत्वविना मुलुकको समस्या र अर्थतन्त्रको अवस्था समाधान हुदैन भन्ने स्पस्ट पार्छौ ।”

प्रेस चौतारी प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाटमा नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्लावाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापा, नेकपा एमाले केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, घनश्याम पाण्डे, ईश्वरी घर्ती लगायतको उपस्थिती रहेको थियो ।

नेकपा एमालेले २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ । प्यूठान जिल्लामा मिसन ग्रासरुटका लागि कमाण्ड गर्न केन्द्रवाट ३ जना प्रतिनिधीहरु खटिएका छन् । नेकपा एमाले केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, घनश्याम पाण्डे, ईश्वरी घर्ती प्यूठान जिल्लामा खटिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...