News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले ५१ प्रतिशत जनमत सहित सरकारमा जान्छ : डा. भट्टराई

बिबश जि एम१९ फागुन २०७९ प्यूठान
५१७ पटक
१९ फागुन २०७९ प्यूठान

नेकपा एमालेका स्थायि कमिटी सदस्य डा. राजन भटराईले मुलुकको व्यवस्था र अर्थतन्त्र संकटतर्फ उन्मुख भएको वताएका छन् । मुलुकको अवस्था अप्ठ्यारोमा पारेर स्वार्थकेन्द्रित गठवन्धन गरेर एमालेलाई एक्ल्याउन खोजिएपनि नेकपा एमाले भविश्यमा पुनः ५१ प्रतिशत जनमत सहित सत्तामा पुग्ने उनको दावि छ ।

नेकपा एमालेले देशव्यापि रुपमा सञ्चालन गरेको कार्यक्रम मिसन ग्रासरुटको अनुगमनको क्रममा प्यूठानमा रहेका नेता भटराईले पुष १० पछी मुलुकलाई दिर्घकालिन हिसावले सहि वाटोमा लैजानका लागि नयाँ गठवन्धनको थालनि गरिएपनि छोटो समयमा वेईमानि गरिएको भटराईले वताए ।

“हामिले अवको अवस्थामा प्रतिपक्षीको भुमिका निर्वाह गर्नेछौ । देशको विषयमा, जनहित, शुसासनको प्रत्याभुती, सुशासनका विषयमा सडक र सदनवाट हामिले आवाज उठाउनेछौँ” डा. भटराईले सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिदै भने – “हामि टोल टोलमा पुगेर घर घरमा पुगेर नेकपा एमाले के गर्न खोजेको थियो, किन दिईएको छैन, के भईरहेको छ भन्ने विषयमा जनताको विषयमा जनताकै विचमा पुगेर स्पस्ट पाछौँ । नेकपा एमालेकाे नेतृत्वविना मुलुकको समस्या र अर्थतन्त्रको अवस्था समाधान हुदैन भन्ने स्पस्ट पार्छौ ।”

प्रेस चौतारी प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाटमा नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्लावाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापा, नेकपा एमाले केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, घनश्याम पाण्डे, ईश्वरी घर्ती लगायतको उपस्थिती रहेको थियो ।

नेकपा एमालेले २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ । प्यूठान जिल्लामा मिसन ग्रासरुटका लागि कमाण्ड गर्न केन्द्रवाट ३ जना प्रतिनिधीहरु खटिएका छन् । नेकपा एमाले केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, घनश्याम पाण्डे, ईश्वरी घर्ती प्यूठान जिल्लामा खटिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...