News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका पर्यटकीय स्थलमा पुगेर होली पर्व मनाईयो

झुलेनी पोष्ट२०७९फागुन२२ प्यूठान
४२३ पटक
२०७९फागुन२२ प्यूठान

प्यूठान जिल्ला सहित देशभरका पहाडी तथा हिमाली जिल्लाहरुमा फागुपूर्णिमा अर्थात (होली) पर्व मनाईएको छ । प्यूठानमा धेरै जसो केटाकेटी तथा यूवायूवती, जनप्रतिनिधी, कर्मचारी, शिक्षक लगाएतले पर्यटकीय स्थलमा भेला भएर एकआपसमा अबिर दलेर नाँचगान गर्दै फागुपूर्णिमा (होली) पर्व मनाएका छन् ।
जिल्लाका विभिन्न पर्यटकीय स्थलहरु मल्लरानी, झुलेनी, नौबहिनी स्याउलीवाङ, ठुलीलेक, ओखरकोट, लगाएत अन्य पिकनिक स्पोर्टहरुमा गएर हर्सोउल्लासका साथ होली पर्व मनाएका हुन् । सरकारले फागुपूर्णिमाको दिन सार्वजनिक विदा दिएसँगै गैर सरकारी तथा सरकारी संघसंस्थाहरुले पनि पर्यटकीय स्थलमा पुगेर औपचारीक कार्यक्रम गर्दै होली मनाए । जिल्ला प्रशासन कार्यालय प्यूठानले फागुपूर्णिमा मनाउँदा विशेष सर्तकता अपनाउन भन्दै विभिन्न नियमहरु जारी गरेसँगै पूर्ण रुपमा नियमको पालना गर्दै सौर्हादपूर्ण बातावरणमा होली मनाइएको छ ।
होली मनाउनका लागि जिल्लाका पर्यटकीय स्थलहरुमा जानेको चापँ धेरै भएकाले यसपाली गाउँघर, सहर बजारमा भने त्यती चहलपहल देखिएन् । पर्यटकीय स्थलमा गएर पर्व मनाउँदा पर्यटकीय स्थलहरुको प्रचारप्रसार भए पनि होलीको मौलिकता भने हराउँदै गएको पुर्खाहरु सुनाउछन् ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...