News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका पर्यटकीय स्थलमा पुगेर होली पर्व मनाईयो

झुलेनी पोष्ट२०७९फागुन२२ प्यूठान
८१९ पटक
२०७९फागुन२२ प्यूठान

प्यूठान जिल्ला सहित देशभरका पहाडी तथा हिमाली जिल्लाहरुमा फागुपूर्णिमा अर्थात (होली) पर्व मनाईएको छ । प्यूठानमा धेरै जसो केटाकेटी तथा यूवायूवती, जनप्रतिनिधी, कर्मचारी, शिक्षक लगाएतले पर्यटकीय स्थलमा भेला भएर एकआपसमा अबिर दलेर नाँचगान गर्दै फागुपूर्णिमा (होली) पर्व मनाएका छन् ।
जिल्लाका विभिन्न पर्यटकीय स्थलहरु मल्लरानी, झुलेनी, नौबहिनी स्याउलीवाङ, ठुलीलेक, ओखरकोट, लगाएत अन्य पिकनिक स्पोर्टहरुमा गएर हर्सोउल्लासका साथ होली पर्व मनाएका हुन् । सरकारले फागुपूर्णिमाको दिन सार्वजनिक विदा दिएसँगै गैर सरकारी तथा सरकारी संघसंस्थाहरुले पनि पर्यटकीय स्थलमा पुगेर औपचारीक कार्यक्रम गर्दै होली मनाए । जिल्ला प्रशासन कार्यालय प्यूठानले फागुपूर्णिमा मनाउँदा विशेष सर्तकता अपनाउन भन्दै विभिन्न नियमहरु जारी गरेसँगै पूर्ण रुपमा नियमको पालना गर्दै सौर्हादपूर्ण बातावरणमा होली मनाइएको छ ।
होली मनाउनका लागि जिल्लाका पर्यटकीय स्थलहरुमा जानेको चापँ धेरै भएकाले यसपाली गाउँघर, सहर बजारमा भने त्यती चहलपहल देखिएन् । पर्यटकीय स्थलमा गएर पर्व मनाउँदा पर्यटकीय स्थलहरुको प्रचारप्रसार भए पनि होलीको मौलिकता भने हराउँदै गएको पुर्खाहरु सुनाउछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...