प्यूठान जिल्ला सहित देशभरका पहाडी तथा हिमाली जिल्लाहरुमा फागुपूर्णिमा अर्थात (होली) पर्व मनाईएको छ । प्यूठानमा धेरै जसो केटाकेटी तथा यूवायूवती, जनप्रतिनिधी, कर्मचारी, शिक्षक लगाएतले पर्यटकीय स्थलमा भेला भएर एकआपसमा अबिर दलेर नाँचगान गर्दै फागुपूर्णिमा (होली) पर्व मनाएका छन् ।
जिल्लाका विभिन्न पर्यटकीय स्थलहरु मल्लरानी, झुलेनी, नौबहिनी स्याउलीवाङ, ठुलीलेक, ओखरकोट, लगाएत अन्य पिकनिक स्पोर्टहरुमा गएर हर्सोउल्लासका साथ होली पर्व मनाएका हुन् । सरकारले फागुपूर्णिमाको दिन सार्वजनिक विदा दिएसँगै गैर सरकारी तथा सरकारी संघसंस्थाहरुले पनि पर्यटकीय स्थलमा पुगेर औपचारीक कार्यक्रम गर्दै होली मनाए । जिल्ला प्रशासन कार्यालय प्यूठानले फागुपूर्णिमा मनाउँदा विशेष सर्तकता अपनाउन भन्दै विभिन्न नियमहरु जारी गरेसँगै पूर्ण रुपमा नियमको पालना गर्दै सौर्हादपूर्ण बातावरणमा होली मनाइएको छ ।
होली मनाउनका लागि जिल्लाका पर्यटकीय स्थलहरुमा जानेको चापँ धेरै भएकाले यसपाली गाउँघर, सहर बजारमा भने त्यती चहलपहल देखिएन् । पर्यटकीय स्थलमा गएर पर्व मनाउँदा पर्यटकीय स्थलहरुको प्रचारप्रसार भए पनि होलीको मौलिकता भने हराउँदै गएको पुर्खाहरु सुनाउछन् ।
प्यूठानका पर्यटकीय स्थलमा पुगेर होली पर्व मनाईयो
झुलेनी पोष्ट२०७९फागुन२२ प्यूठान
२०७९फागुन२२ प्यूठानसुर्खेतमा गाडी दुर्घटना: चार जनाको मृत्यु
दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...
माइक्रोबस र बस ठोक्किदा ४ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान माइक्रोबस र बस ठोक्किँदा ४ जनाको...
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१...
फूलसंगै फक्रिएको चेतकलाको खुशी
तिहार नजिकिएसंगै बारीमा फूलेकालले चेतकलाको मनमा खुशी ल्याएको छ । माण्डवी गाउँपालिकाले पुष्प खेती कार्यक्रम...
मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन
मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ...