News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनमा अध्यक्ष पौडेलद्वारा अक्षयकोष स्थापना

झुलेनी पोष्ट२०७९फागुन२३, प्यूठान
३१० पटक
२०७९फागुन२३, प्यूठान

मल्लरानी गाउँपालिका वडा नं.३ का अध्यक्ष नोमराज पौडेलले नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखामा बुवा आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् । पौडेलले जन्मदिनको अवसर पारेर धरमपानी उपशाखाकी सभापती मोति पौडेललाई २१ हजार ४ सय ५० रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । उनले आफु निर्वाचित हुनुपूर्व नेरेसो.धरमपानी उपशाखालाई पहिलो महिनाको सेवा सुविधा वापतको रकम दिने बाचा गरेका थिए । सोही अनुसार मंगलबार केक माथि बत्ती बालेर उद्धघाटन गर्दै निर्वतमान वडा अध्यक्ष गिरीराज पौडेलको उपस्थितीमा चेक हस्तान्तरण गरेका हुन् ।
साथै अध्यक्ष पौडेलले सहयोग गरेको रकमबाट बुवा आमाको नाममा केशवराज, वेलाकुमारी अक्षयकोष स्थापना गरेको बताएका छन् । जन्मदिनको अवसरमा नेरेसो उपशाखामा अक्षयकोष स्थापना गरिएको यो पहिलोपटक हो । अक्षयकोषमा संकलित रकम नेरेसो धरमपानी उपशाखाको मातहतमा रहने गरी सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...