News Portal

रेडियो सुन्नुहोस्

बहाने बजार अनुगमन

झुलेनी पोष्ट२०७९फागुन२३, प्यूठान
९६७ पटक
२०७९फागुन२३, प्यूठान

नौबहिनी गाउँपालिकाको मूख्य बजार, बहाने बजार अनुगमन गरिएको छ । नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगर र प्रमुख प्रशाकिय अधिकृत शिवराज पौडेल लगाएतको टोलीले बहाने बजार आसपासका पसल तथा खोकाहरुको अनुगमन गरेका हुन् । ब्यवसाय दर्ता तथा नबिकरण, खाद्यान्न बस्तु म्यादको अवस्था लगाएतका बारेमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बजारमा ब्यवसाय दर्ता गरेका तर पुनः नबिकरण नगरिएको पसल तथा खोकाहरु फेला परेका थिए । त्यस्तै कतिपय पसलहरुमा म्याद गुज्रिएका सामाग्रीहरु भेटिएका थिए । आउदो १५ दिन भित्रमा नबिकरण नगरिएका पसल तथा खोका व्यवासायीहरुलाई व्यवसाय पुनः नबिकरण गर्न र म्याद गुज्रिएका खाद्य बस्तुहरु तुरुन्त हटाउन निर्देशन दिइएको छ । अनुगमनमा नौबहिनी गाउँपालिका उपाध्यक्ष विष्णा थापा, उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु केसी, सचिव कृष्ण केसी, स्थानीय पत्रकार महेश थापा लगाएतको उपस्थिती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...