


प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्र घर/भवन निर्माण गर्दा नक्सापास गरेर मात्र निर्माण गनुपर्ने सूचना जारी गरेको दुई साता भयो । तर, स्थानीयले प्यूठान नगरपालिकाको सूचनालाई लत्याउदै आफ्नै ढंगले घर,भवन निर्माण गरिरहेका छन् ।
सूचना जारी गरिसकेपछि समेत प्यूठान नगरपालिकाकै प्रमुख प्रशासकीय केन्द्र वरीपरी दर्जन बढि घरहरु नक्सापासविनानै निर्माण भइरहेका छन् । नगरपालिकाले भवन ऐन २०५५ तथा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार घर वा भवन निर्माण गर्दा नक्सापास गराएरमात्र बनाउन भन्दै गत फागुन २६ गते सूचना जारी गरेको थियो ।
नगरपालिकाको सूचनालाई नजरअन्दाज गरेर घर वा भवन निर्माण गरेमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ३९ बमोजीम कारबाही हुने सूचना जारी गरेको थियो ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

