News Portal

रेडियो सुन्नुहोस्

नेपाल नेत्रज्योति संघले मनायो ४५ औ स्थापना दिवस

झुलेनी नेटवर्क२०७९ चैत्र १३
४८५ पटक
२०७९ चैत्र १३

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानले विविध कार्यक्रम गरेर आफ्नो ४५ औँ स्थापना दिवस मनाएको छ।

दिवसको अवसरमा संघले महेन्द्र नमुना मा.वि खलगांमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेलपेपर, कापि र जिल्ला कारागार प्यूठानमा रहेका कैदिबन्दिहरुका लागि आँखा परिक्षण तथा औषधी वितरण गरेको छ ।

शाखाले आफ्नो ४५ औ दिवसको अवसर पारि उक्त कार्य गरिएको संस्थाका सचिव दामोदर शर्माले जानकारी दिए । महेन्द्र नमुना मा.वि खलगांका १० दृष्टिविहिन विद्यार्थी र जिल्ला कारागार प्यूठानमा रहेका ७१ जना कैदिबन्दिहरुका लागि निशुल्क आँखा परिक्षण र औषधि वितरण गरेको हो ।

संस्थाले “हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानका सभापति केशव कर्मचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संस्थाका पूर्व सभापतिहरु शिवराज श्रेष्ठ, अर्जुन कुमार कक्षपति, निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, महेन्द्र नमुना मा।वि खलंगाका प्रधानाध्यापक लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव दामोदर शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...