News Portal

रेडियो सुन्नुहोस्

नेपाल नेत्रज्योति संघले मनायो ४५ औ स्थापना दिवस

झुलेनी नेटवर्क२०७९ चैत्र १३
६७० पटक
२०७९ चैत्र १३

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानले विविध कार्यक्रम गरेर आफ्नो ४५ औँ स्थापना दिवस मनाएको छ।

दिवसको अवसरमा संघले महेन्द्र नमुना मा.वि खलगांमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेलपेपर, कापि र जिल्ला कारागार प्यूठानमा रहेका कैदिबन्दिहरुका लागि आँखा परिक्षण तथा औषधी वितरण गरेको छ ।

शाखाले आफ्नो ४५ औ दिवसको अवसर पारि उक्त कार्य गरिएको संस्थाका सचिव दामोदर शर्माले जानकारी दिए । महेन्द्र नमुना मा.वि खलगांका १० दृष्टिविहिन विद्यार्थी र जिल्ला कारागार प्यूठानमा रहेका ७१ जना कैदिबन्दिहरुका लागि निशुल्क आँखा परिक्षण र औषधि वितरण गरेको हो ।

संस्थाले “हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानका सभापति केशव कर्मचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संस्थाका पूर्व सभापतिहरु शिवराज श्रेष्ठ, अर्जुन कुमार कक्षपति, निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, महेन्द्र नमुना मा।वि खलंगाका प्रधानाध्यापक लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव दामोदर शर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...