News Portal

रेडियो सुन्नुहोस्

दौड प्रतियोगितामा स्याउँलिबाङका रेम बुढा मगर पहिलो

बिबश जि.एम२०७९ चैत्र २५ प्यूठान
८२४ पटक
२०७९ चैत्र २५ प्यूठान

मल्लरानी पर्यटन प्रवद्धनका लागि सञ्चालन गरिएको दौड प्रतियोगितामा आज भएको छ ।

आज भएको प्रतियोगितामा नौबहिनी गाउँपालिका १ स्याउँलिबाङका रेम बुढा मगर पहिलो स्थान हुन सफल भएका छन् ।

खलगांको टुडिखेलबाट मल्लरानीको डाडाँसम्म ५ किलोमिटरको दुरिमा उनले करिब २८ मिनेटको अवधिमा पार गरेका हुन् ।

दोस्रो स्थानमा पनि स्याउलिबाङकै अर्का दामोदर बुढा मगर र तेस्रोमा खलगांका रमेश शाही रहे ।

महिला तर्फ झिमरुक गाउँपालकाकी सकुन्तला सुनारले ६८ मिनेटमा दुरी पार गरिन् ।

प्रथम,द्धितीय, तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रहेको छ भने महिला तर्फबाट पहिलो हुन सफल भएकी सुनारलाई पनि सान्त्वना पुरस्कारको रुपमा ५ हजार प्रदान गर्ने दौड प्रतियोगिताका संयोजक निर्मलदास नकर्मीले बताए ।

पुरस्कारको लागि प्यूठान काठमाडौं नेवा समाज र स्वर्गद्धारी महाप्रभु बचत तथा ऋण सहकारी संस्था मार्फत रहेको छ ।

प्रतियोगिताको लागि ६५ जनाले आफ्नो नाम दर्ता गराए पनि समयमा उपस्थित हुन नसक्दा ८ महिला सहित ४४ जना मात्र दौड प्रतियोगितामा सामेल भएको प्रतियोगिताका संयोजक नकर्मीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...