News Portal

रेडियो सुन्नुहोस्

किसानलाई गहुँ भित्र्याउने चटारो, थ्रेसिङ मेसिनले सहज

बिबश जि.एम२०७९ चैत्र २६
५२५ पटक
२०७९ चैत्र २६

प्यूठानमा हिजोआज हिउँदेखेति भित्र्याउन किसानलाई चटारो छ ।

गाउँका किसान आफै झाटेर, चुटेर खेति भित्र्याइरहेका छन् । तर, प्यूठानको उर्भरभूमि मानिने झिमरुक फाँट क्षेत्र आसपासमा भने गहुँ थ्रेसिङ मेसिनको प्रयोग गरेर किसानहरुले गहुँ भित्र्याइरहेका छन् ।


प्यूठान नगरपालिका ४ की किसान शुशिला पुलामीले १० रोपनी जग्गामा गहुँ थ्रेसिङ गरेको बताइन् ।

ज्यामीले काम गर्दा ४ जनालाई ५ दिन लाग्ने काम थ्रेसिङ गर्दा २५ मिनेटमै सकिएको बताइन् ।

त्यस्तै अर्की किसान प्यूठान नगरपालिका ४ जुम्रीकी मिनाराना मगरले पनि नयाँ प्रविधिको प्रयोगले खेति भित्र्यान सहज भएको बताइन ।
गहुँ थ्रेसिङ गर्दा सञ्चालकले मिनेटको ८० रुपैयाँ लिने गरेका छन् ।

तेलको मुल्य घट्दा थ्रेसिङको मूल्य पनि घट्नु पर्ने किसानको माग छ । तर स्थानीय सरकारहरुले गहुँ थ्रेसिङ गर्नका लागि न्यूनतम दररेट तोकेका छैनन् ।

जिल्लामा दररेटमा एकरुपता नहुँदा किसान मारमा छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...