News Portal

रेडियो सुन्नुहोस्

जनप्रतिनिधिलाई आफन्त मोह : श्रीमती, छोरा, भाई र छोरी ज्वाइ“लाई स्वकीय

झुलेनी पोष्ट
६३२ पटक

कार्यकर्ताले पार्टीका नेतालाई दुःख गरेर जनप्रतिनिधि बनाएपनि अवसर आउँदा नेताले भने आफन्तलाई खोजि खोजी अवसर दिने गरेका छन् । प्यूठानमा स्थानीय तहका प्रमुख, उपप्रमुख देखि सांसद, मन्त्रीसम्म बनेकाहरुले श्रीमती, छोरो, भाई र ज्वाइँ खोजेर स्वकीय सचिव राखेका छन् ।

हुन त, ऐन, नीयममा स्वकीय सचीव राख्दा आफ्ना परिवार भित्रका सदस्य वा नातागोता राख्न नपाइने भन्ने व्यवस्था छैन। तर, निर्वाचनको बेला आफ्नो पार्टीका नेता जिताउन बुको सातु, चिउरा खाएर खटेका कार्यकर्ता भन्दा आफन्त खोजी खोजी राख्दा पार्टीमा दुःख गरेका दलका कार्यकर्ताहरुको दुखेसो छ।

अरुबेला कार्यकर्ताको विश्वास राख्ने नेताहरूले लाभको थोरै अवसर पाउने वित्तिकै परिवारका सदस्यलाई मात्र उपयुक्त मान्ने गरेको गुनासो आउनु स्वाभाविकै भएको प्रेस युनियन प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए ।

जनप्रतिनिधिले काम गर्न सहज लाग्ने व्यक्तिलाई स्वतः स्वकीय सचीवमा राख्न पाउलान् । तर, सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई जवाफदेही बनाउन, कार्यकर्ता र मतदाताका समस्या पहिचान गर्न भूमीका रहने स्वकीय सचिव राख्दा जनप्रतिनिधिको मनलाग्दीले राजनीति दलहरु जवाफदेहि बन्न नसक्ने नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल बताउँछन् ।

प्यूठानका केहि स्थानीय तहका प्रमुख उपप्रमुख, प्रदेश सांसददेखि मन्त्री भएकाहरुले स्वकीय सचिवमा आफ्नै नाता गोतालाई प्राथमिकतामा राखेर अवसर दिएका छन्। स्थानीय तहमा स्वकीय सचीव राख्न नमिल्ने भएपछि करार सेवामा प्राविधिक पद सिर्जना गरेर समेत स्वकीय सचिवको भूमिकामा काम दिएका छन् ।

प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले गौमुखी-४, पुजाका छोरी ज्वाइँ पुस्कर शर्मालाई कम्यूटर अप्रेटरमा करार नियुक्ति दिइ स्वकीय सचिव राखेका छन् । यस्तै प्यूठान क्षेत्र न २ बाट प्रत्यक्ष प्रदेश सांसदमा निर्वाचित सरोज थापाले श्रीमती उपमा के.सी. र क्षेत्र न १ बाट निर्वाचित प्रदेश सांसद हाल लुम्बिनी प्रदेशका मन्त्री तुल्सीराम शर्माले जेठो छोरा भरतमणी पोख्रेललाई स्वकीय सचीवमा नियुक्ती गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट समानुपातीक सांसद धनलक्ष्मी श्रेष्ठले पनि सहोदर भाइ अर्जुन श्रेष्ठलाइ स्वकीय सचिव राखेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय...

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा...