News Portal

रेडियो सुन्नुहोस्

जनप्रतिनिधिलाई आफन्त मोह : श्रीमती, छोरा, भाई र छोरी ज्वाइ“लाई स्वकीय

झुलेनी पोष्ट
१०५५ पटक

कार्यकर्ताले पार्टीका नेतालाई दुःख गरेर जनप्रतिनिधि बनाएपनि अवसर आउँदा नेताले भने आफन्तलाई खोजि खोजी अवसर दिने गरेका छन् । प्यूठानमा स्थानीय तहका प्रमुख, उपप्रमुख देखि सांसद, मन्त्रीसम्म बनेकाहरुले श्रीमती, छोरो, भाई र ज्वाइँ खोजेर स्वकीय सचिव राखेका छन् ।

हुन त, ऐन, नीयममा स्वकीय सचीव राख्दा आफ्ना परिवार भित्रका सदस्य वा नातागोता राख्न नपाइने भन्ने व्यवस्था छैन। तर, निर्वाचनको बेला आफ्नो पार्टीका नेता जिताउन बुको सातु, चिउरा खाएर खटेका कार्यकर्ता भन्दा आफन्त खोजी खोजी राख्दा पार्टीमा दुःख गरेका दलका कार्यकर्ताहरुको दुखेसो छ।

अरुबेला कार्यकर्ताको विश्वास राख्ने नेताहरूले लाभको थोरै अवसर पाउने वित्तिकै परिवारका सदस्यलाई मात्र उपयुक्त मान्ने गरेको गुनासो आउनु स्वाभाविकै भएको प्रेस युनियन प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए ।

जनप्रतिनिधिले काम गर्न सहज लाग्ने व्यक्तिलाई स्वतः स्वकीय सचीवमा राख्न पाउलान् । तर, सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई जवाफदेही बनाउन, कार्यकर्ता र मतदाताका समस्या पहिचान गर्न भूमीका रहने स्वकीय सचिव राख्दा जनप्रतिनिधिको मनलाग्दीले राजनीति दलहरु जवाफदेहि बन्न नसक्ने नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल बताउँछन् ।

प्यूठानका केहि स्थानीय तहका प्रमुख उपप्रमुख, प्रदेश सांसददेखि मन्त्री भएकाहरुले स्वकीय सचिवमा आफ्नै नाता गोतालाई प्राथमिकतामा राखेर अवसर दिएका छन्। स्थानीय तहमा स्वकीय सचीव राख्न नमिल्ने भएपछि करार सेवामा प्राविधिक पद सिर्जना गरेर समेत स्वकीय सचिवको भूमिकामा काम दिएका छन् ।

प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले गौमुखी-४, पुजाका छोरी ज्वाइँ पुस्कर शर्मालाई कम्यूटर अप्रेटरमा करार नियुक्ति दिइ स्वकीय सचिव राखेका छन् । यस्तै प्यूठान क्षेत्र न २ बाट प्रत्यक्ष प्रदेश सांसदमा निर्वाचित सरोज थापाले श्रीमती उपमा के.सी. र क्षेत्र न १ बाट निर्वाचित प्रदेश सांसद हाल लुम्बिनी प्रदेशका मन्त्री तुल्सीराम शर्माले जेठो छोरा भरतमणी पोख्रेललाई स्वकीय सचीवमा नियुक्ती गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट समानुपातीक सांसद धनलक्ष्मी श्रेष्ठले पनि सहोदर भाइ अर्जुन श्रेष्ठलाइ स्वकीय सचिव राखेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...