News Portal

रेडियो सुन्नुहोस्

पर्यटकिय क्षेत्र बन्दै नौबहिनीको बाहुन पोल्ने डाँडा

झुलेनी नेटवर्क
११८४ पटक

नौबहिनी गाउँपालिका ५ डाम्रीको बाहुन पोल्ने डाँडा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न रोल्पा र प्यूठानका जन प्रतिनिधिहरुले पहल लिने भएका छन् । झुलेनी यूनाइटेड नेटवर्कको आयोजना र नौंबहिनी गाउँपालिकाको सहयोगमा नयाँ वर्ष २०८० को अवर पारेर बैशाख १ गतेका दिन स्थानीय सरकार र विकासको सवाल विषयक अन्तरसंवाद कार्यक्रमा बोन्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

रोल्पा स्थित लुंग्री गाउँपालिका–१, का वडाअध्यक्ष गाणेश पुनमगरले आन्तरिक पर्यटकको ठूलो संम्भावना भएर पनि यो क्षेत्र पर्यटकीय पूर्वाधारको अभावले गर्दा सधै पछाडी परिरहेको औल्याए ।

प्यूठान क्षेत्रबाट नौबहिनी ५, नम्बर वडाले पर्यटकीय पूर्वाधार निर्माणका केहि काम थालेको छ । यसमा रोल्पा क्षेत्रबाट पनि सहकार्य हुने प्रतिबद्धता पुनले जनाए । रोल्पाको पाङ र प्यूठानको डाम्री सींमाना समुन्द्र सतहदेखि २४ मिटर उचाईमा रहेको डाडाँमा नौबहिनी गाउँपालिकाले शिव मन्दिर बनाएको छ।

डाम्री ठूलो गाउँ र रोल्पाको पाङबाट मोटरबाटो निर्माण भएको छ । मोटरबाटो पुगेको देउराली भन्ज्याङदेखि आकर्षक सिढी सहितको पदमार्ग नौबहिनीले निर्मण गरेको छ । होलीपूर्णीमा, शिवरात्रि नयाँ वर्षको अवशर पारेर यहाँ सयौ आन्तरिक पर्यटक घुम्न आउन थालेका छन् ।

हिउँदयाममा फूल्ने रङ्का लालि गुराँस, डाडाँबाट देखिने हिमश्रृङ्खला र चारैतिर देखिने समतल फाँट निकै आकर्षक एवम् रमणिय छन् । रोल्पा र प्यूठानमा विभिन्न स्थान सहजै हेर्न सकिन्छ । यी कुराले बाहुन पोल्ने डाँडा निकै आकर्षक छ ।

‘यो क्षेत्रमा दुबै जिल्लाबाट अन्तरिक पर्यटक भित्राउन सकिने धेरै सम्भावना छ’, गणेशले भने, ‘यो क्षेत्रको विकासमा सबैको चासो हुनुपर्छ।’ बाहुन पोल्ने डाँडामा पर्यटकीय पूर्वाधार निमार्ण गर्ने काम भर्खर बामे सर्ने क्रममा रहेको नौबहिनी ५ का वडाध्यक्ष दलराज पुनले बताए ।

रोल्पा र प्यूठान दुबै क्षेत्रबाट सडक पुगेपनि सडकको स्तरोन्नती भएको छैन । यसले गर्दा यहाँ पुग्न केहिँ समस्या छ। सडक सुधार गर्न दुबै जिल्लाबाट पहल गर्नुपर्ने पुनको भनाइ छ ।

‘वडामा आउने थोरै बजेटले पर्यटकीय पूर्वाधार निर्माणका केहि काम थालेका छौ,’ उनले भने, ‘थप विकासको लागि सबैको हातेमालो आवश्यक छ ।’ आन्तरिक पर्यटक घुम्न आउने सम्भावना देखेर आफ्नो पालामा बाहुन पोल्ने डाडाँमा पर्यकीय पूर्वाधार निर्माण गर्ने योजना अगाडि सारेको नौबहिनी गाउँपालिका ५ का निवर्तमान वडाध्यक्ष अनबहादुर घर्ती मगरले बताए । उनका अनुसार आ.व. २०७७÷०७८ मा ५ लाख ४१ हजार लागतमा मन्दिर निर्माण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...