News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा प्रभावकारी सेवा नभएको गुनासो

झुलेनी पोष्ट
१७४ पटक

प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन अस्पताल प्रवेश गरेपनि अस्पतालबाट प्रवाह हुने सेवाबाट समेत बिरामीहरु सन्तुष्ट छैनन् ।

प्यूठान अस्पतालमा कार्यरत चिकित्सकहरुको मनोमानी बढेको भन्दै सेवाग्राहिले अस्पतालमा देखिएको बेथिति अन्त्यको माग गर्न थालेका छन् । अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न नागरिक सरोकार समाजले तत्काल समाधान गर्न सकिने समस्याहरु सुल्झाउनुपर्ने धारणा एक महिना अगाडीनै राखेका थिए ।

स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै सरोकार समाजले अस्पतालको समस्या समाधान गर्न भन्दै अस्पताल प्रशासनलाइ १९ बुँदे पत्र बुझाएको थियो । अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन पत्र बुझाएपनि कार्यान्वयन नभएकाे उनीहरुको गुनासो छ ।

व्यक्तिगत स्वार्थमा लिप्त केहिँ कर्मचारीलाई कार्वाहीको दायरमा ल्याउने ठोस योजना ल्याएमा दीर्घकालिन रुपमा अस्पतालको समस्या समाधान हुन सक्ने नागरिक समाजमा अनुगाहरुको भनाइ छ ।
अस्पतालमा कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको आरोप लाग्दै आएको छ ।

अस्पतालमा ड्यूटीकै समयमा चिकित्सकहरु निजी क्लिकमा धाउने गरेका छन् । अस्पतालमा मौलाएको बेतिथि प्रति ध्यानाकर्षण भएको  नव नियुक्त अस्पताल विकास समितिका अध्यक्ष विजयबिराज विष्टले  बताए । अस्पताल सुधारका लागि योजना बनाउन  निमित्त मेसु प्रमिला खनाल लाइ लगाएको उनले  बताए ।

जिल्ला अस्पताल बिजुवारको सेवा र भिडियो एक्सरे मेसिनकाे बिषयमा प्रशासनको समेत ध्यानाकार्षण भएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...