News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा‘खुसी विज्ञान अभियान २०८०’सञ्चालन

झुलेनी नेटवर्क२०८० बैशाख १५
३९२ पटक
२०८० बैशाख १५

सरुमारानी गाउँपालिकाले पालिकास्तरीय युवा सञ्जाल गठन गरेर युवाहरुलाई विसंगति विरुद्ध साक्षरता प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

युवा तथा खेलकुद विकास समिति सरुमारानीको व्याबस्थापक, गाउँपालिकाको सहयोगमा अभियान सञ्चालन भएको हो ।

सरुमारानीका ६ वटै वडामा विसंगतिका विरुद्ध साक्षरता तथा खुसी विज्ञान अभियान २०८० कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएको युवा तथा खेलकुद विकास समिति संयोजक जागेश्वर पोख्रेलले बताए ।

बिहिबार सरुमारानीको पर्यटकीय स्थल रानीकुवामा ६ वटै वडाबाट युवाहरुलाई सहभागि गराइ कार्यक्रको शुभारम्भ गरिएको पोख्रेलले बताए ।

खुसी अभियान २०८० सञ्चालनको लागि रुपन्देहिबाट हरी पोख्रेल प्रशिक्षकको रुपमा आएका छन् ।

बैशाख १५ देखि २० गतेसम्म वडास्तरमा कार्यक्रम तय भएको सरुमानीले जनाएको छ ।

पालिकाले युवाहरुलाइ शुमार्गमा लाग्न प्रेरणा प्रदान गर्नका लागि वडा स्तरमै सञ्जाल गठन गरेको छ ।

सञ्जालनमा १६ देखि २२ वर्ष उमेर समुहका युवा समेटीएका छन् । वडा सञ्जालनमा १५ दस्य र पालिका स्तरमा ११ सदस्य समिति बनाएको छ ।

यो अभियानमा युवाहरुले आफ्ना समस्या पहिचान गर्ने, जीवनउपयोगी सिपबारे साक्षरता हुने, नमुना युवा संसद चलाउने, विसंगतिका विरुद्ध लाग्ने योजना बनाउने लगायत कार्य गर्नेगरि वडास्तरको कार्यक्रमहरु तय भएको प्रमुख प्रशासकीय अधिकृत देवराज पाठकले बताए ।

सालविया आचार्यको संयोजकत्वमा ११ सदस्य पालिकास्तरीय युवा सञ्जाल बनेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...