News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा‘खुसी विज्ञान अभियान २०८०’सञ्चालन

झुलेनी नेटवर्क२०८० बैशाख १५
५४० पटक
२०८० बैशाख १५

सरुमारानी गाउँपालिकाले पालिकास्तरीय युवा सञ्जाल गठन गरेर युवाहरुलाई विसंगति विरुद्ध साक्षरता प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

युवा तथा खेलकुद विकास समिति सरुमारानीको व्याबस्थापक, गाउँपालिकाको सहयोगमा अभियान सञ्चालन भएको हो ।

सरुमारानीका ६ वटै वडामा विसंगतिका विरुद्ध साक्षरता तथा खुसी विज्ञान अभियान २०८० कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएको युवा तथा खेलकुद विकास समिति संयोजक जागेश्वर पोख्रेलले बताए ।

बिहिबार सरुमारानीको पर्यटकीय स्थल रानीकुवामा ६ वटै वडाबाट युवाहरुलाई सहभागि गराइ कार्यक्रको शुभारम्भ गरिएको पोख्रेलले बताए ।

खुसी अभियान २०८० सञ्चालनको लागि रुपन्देहिबाट हरी पोख्रेल प्रशिक्षकको रुपमा आएका छन् ।

बैशाख १५ देखि २० गतेसम्म वडास्तरमा कार्यक्रम तय भएको सरुमानीले जनाएको छ ।

पालिकाले युवाहरुलाइ शुमार्गमा लाग्न प्रेरणा प्रदान गर्नका लागि वडा स्तरमै सञ्जाल गठन गरेको छ ।

सञ्जालनमा १६ देखि २२ वर्ष उमेर समुहका युवा समेटीएका छन् । वडा सञ्जालनमा १५ दस्य र पालिका स्तरमा ११ सदस्य समिति बनाएको छ ।

यो अभियानमा युवाहरुले आफ्ना समस्या पहिचान गर्ने, जीवनउपयोगी सिपबारे साक्षरता हुने, नमुना युवा संसद चलाउने, विसंगतिका विरुद्ध लाग्ने योजना बनाउने लगायत कार्य गर्नेगरि वडास्तरको कार्यक्रमहरु तय भएको प्रमुख प्रशासकीय अधिकृत देवराज पाठकले बताए ।

सालविया आचार्यको संयोजकत्वमा ११ सदस्य पालिकास्तरीय युवा सञ्जाल बनेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...