News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु

बिबश जि.एम२०८० बैशाख १५
५८० पटक
२०८० बैशाख १५

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु भएको छ ।

बिहिबार हिजो नौबहिनी गाउँपालिका ५ डामृमा ९ वटा टोल समिति गठन गरिएको छ ।

गाउँपालिकाको टोेल बिकास समितिको कार्यविधि अनुसार सो समिती गठन गरिएको ५ नं वडा अध्यक्ष दलराज पुन मगरले जानकारी दिए ।

जनप्रतिनिधिले मात्र वडाको परिवर्तन गर्न समय लाग्ने र सबै क्षेत्रलाई हेर्न नसक्ने भएकाले अब टोल बिकास समिति गठनले वडालाई विकास निर्माणमा सहयोग पुग्ने अध्यक्ष पुनले बताए ।

त्यस्तै सामाजिक, सास्कृतिक, कुरिती तथा बेइथितिहरुलाई सुधारमा ल्याउनको लागि पनि यसले सहयोग पुग्ने नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले जानकारी दिए ।

नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले यो समितिले समाजको विकास निर्माण, विकास निर्माणमा जनसहभागिता बढ्ने लगायतका उदेश्य सहित समिति गठन गरिएको बताए ।

वडा अध्यक्ष दलराज पुन मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगर, वडाका स्थानीय लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...