News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पातलको विकासमा सबैपक्ष लाग्नुपर्छः सांसद शर्मा

बिबश जि.एम२०८० जेठ ५
७७४ पटक
२०८० जेठ ५

प्यूठान अस्पतालको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको लुम्बिनी प्रदेश सभाका सांसद तुल्सिराम शर्माले बताएका छन् ।

शुक्रबार जिल्ला अस्पताल प्यूठानले प्यूठान अस्पतालको सेवा र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले सबै सरोकारवाला पक्ष एकढिक्का भएर लागेमा मात्र जिल्ला अस्पताल राम्रो र गुणस्तरीय बनाउन सकिने बताएका हुन् ।

शर्माले जनप्रतिनिधको हैसियतले अस्पतालको विकासमा सधै सकारात्मक भएर लाग्ने प्रतिबद्धता गरे ।

प्रदेशसभा सांसद निमा गिरीले अस्पतालका कर्मचारीहरुले जिम्मेवार भएर काम गर्नुपर्ने बताइन ।

‘अस्पतालको विकासमा राजनीति क्षेत्रबाट गर्नपर्ने सहयोग आफूहरुबाट कहिल्यै कमि हुन दिदैनौ,’उनले भनिन्,‘अस्पताल प्रशासन एकढिक्का भएर जनताको सेवामा लाग्नु पर्छ ।’

प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले अस्पतालको व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

अब अस्पतालले के गर्ने भन्ने भिजन लिएर अगाडी बढेमा अस्पतालको सेवा लगायत समग्र पक्ष सुधार गर्न सकिने उनको भनाइ थियो ।

प्यूठान अस्पताल बिकास समितिका अध्यक्ष विजयबिराज बिष्टले अस्पतालको भावि योजनाको बारेमा प्रकाश पारेका थिए ।

अस्पतालको विकास र सेवा सुधारमा सबै पक्षको साथ सहयोग र सुझाब आवश्यक रहेकाले सुझाबको लागि कार्यक्रम आयोजना गरीएको बिष्टले बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अस्पतालले दिने सेवा सुविधामा समय लाग्ने, मुस्कान सहितको सेवा कम भएको, स्वास्थ्य विमा भए पनि त्यसको पूरा कार्यन्वयन हुन नसकेको लगायतका गुनासो गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समति प्रमुख धर्मबहादुर जिसी, स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न कार्यालयका प्रमुख, समाजसेवी, औषधी पसल तथा क्लिनिकका प्रतिनिधिहरु, पत्रकार, अस्पतालका कर्मचारी लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...