News Portal

रेडियो सुन्नुहोस्

प्युठानका दिपकले आमाको क्रियाबाटै १२ को परिक्षा सक्काए, उनी भन्छन नर्भस भईदो रहेछ

बोम बहादुर परियार२०८० जेठ ५
४१४ पटक
२०८० जेठ ५

आमाको क्रीया बाटै प्युठानका एक युवाले कक्षा १२ को परिक्षा दिएका छन् ।

जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग घर भएका १७ वर्षिय दिपक भण्डारीले कक्षा १२ को परिक्षा दिदै थिए ।

परिक्षा सकिन नपाउदै उनको आमा बसन्ता भण्डारीको गत बैसाख ३१ गते मृत्यु भयो ।

आफ्नो पढाईको महत्वपूर्ण समयमा दिपकको परिवारमा ठूलो शोक उत्पन्न भयो ।

एकातिर आमाको देहान्त अर्कोतिर आफ्नो भविष्यको चिन्ता, सायद यस्तो बज्रपात कमै मान्छेहरुमा पर्छ ।

अहिले यो पीडा भोग्दै दिपकले शुक्रबार परिक्षा सक्काएका छन् ।

सबै साथिहरु पोसाकमा परिक्षा दिन जादा आफू क्रियाको भेसमा अलग्गै बसेर परिक्षा दिदा नर्भस भएको उनले सुनाए ।

घरपरिवारको जेठो छोरा समेत रहेका दिपकले मुक्ति मावि रातामाटामा अध्ययन गर्दै आएका थिए ।

व्यवस्थापन संकाय तर्हको परिक्षा दिदै गरेका उनको परिक्षा केन्द्र कालिका आवासीय माध्यमिक विद्यालय प्युठान नगरपालिका ४, टारिमा परेको थियो ।

दिपकले २ वटा विषयको परिक्षा दिन बाँकी थियो ।

अकस्मात आमाको निधनले उनलाई परिक्षा केन्द्रसम्म पुर्‍याउनको लागि स्थानीय बिनोद भण्डारीले सहयोग गरेको बताए ।

त्यस्तै उनलाई क्रियाकै भेषमा पनि सहज रुपमा परिक्षा दिने वातावरण मिलाएको विद्यालयका प्रधानाध्यापक दुर्गा गुरुङ्गले बताए ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...