News Portal

रेडियो सुन्नुहोस्

प्युठानका दिपकले आमाको क्रियाबाटै १२ को परिक्षा सक्काए, उनी भन्छन नर्भस भईदो रहेछ

बोम बहादुर परियार२०८० जेठ ५
९५७ पटक
२०८० जेठ ५

आमाको क्रीया बाटै प्युठानका एक युवाले कक्षा १२ को परिक्षा दिएका छन् ।

जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग घर भएका १७ वर्षिय दिपक भण्डारीले कक्षा १२ को परिक्षा दिदै थिए ।

परिक्षा सकिन नपाउदै उनको आमा बसन्ता भण्डारीको गत बैसाख ३१ गते मृत्यु भयो ।

आफ्नो पढाईको महत्वपूर्ण समयमा दिपकको परिवारमा ठूलो शोक उत्पन्न भयो ।

एकातिर आमाको देहान्त अर्कोतिर आफ्नो भविष्यको चिन्ता, सायद यस्तो बज्रपात कमै मान्छेहरुमा पर्छ ।

अहिले यो पीडा भोग्दै दिपकले शुक्रबार परिक्षा सक्काएका छन् ।

सबै साथिहरु पोसाकमा परिक्षा दिन जादा आफू क्रियाको भेसमा अलग्गै बसेर परिक्षा दिदा नर्भस भएको उनले सुनाए ।

घरपरिवारको जेठो छोरा समेत रहेका दिपकले मुक्ति मावि रातामाटामा अध्ययन गर्दै आएका थिए ।

व्यवस्थापन संकाय तर्हको परिक्षा दिदै गरेका उनको परिक्षा केन्द्र कालिका आवासीय माध्यमिक विद्यालय प्युठान नगरपालिका ४, टारिमा परेको थियो ।

दिपकले २ वटा विषयको परिक्षा दिन बाँकी थियो ।

अकस्मात आमाको निधनले उनलाई परिक्षा केन्द्रसम्म पुर्‍याउनको लागि स्थानीय बिनोद भण्डारीले सहयोग गरेको बताए ।

त्यस्तै उनलाई क्रियाकै भेषमा पनि सहज रुपमा परिक्षा दिने वातावरण मिलाएको विद्यालयका प्रधानाध्यापक दुर्गा गुरुङ्गले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...