News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको धनबाङमा आगलागी, ११ घर जले

झुलेनी नेटवर्क२०८० जेठ ८
४६३ पटक
२०८० जेठ ८

प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।

गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयको १ बाख्रा र १५ वटा कुखुरा मरेका छन् । घरमा भएको अन्नपात लत्ताकपडा जलेको छ ।

आगलागीबाट भएको क्षतीको पूर्ण बिवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशत्त्र प्रहरी वल र स्थानीयले रातीनै बस्तिको आगो नियन्त्रणमा लिएको प्रजिअ कोइरालाले बताए । जंगलको आगो नियन्त्रणको लागि प्रयास भइरहेको छ । आगलागी पीडितलाई राहतको लागि रेडक्रस, उद्योग बाणिज्य संघ लगायत संघसंस्थासंग समन्वय भइरहेको कोइरालाले जानकारी दिए ।

यस्तै आईतबार बेलुकादेखि जिल्लाका विभिन्न स्थानको जंगलमा भिषण डढेलो लागेको छ । प्यूठान नगरपालिका १ खैरा, २ को दाखाक्वाडी, मल्लरानी ३ को रस्पुरकोट, स्वर्गद्धारी नगरपालिका २ को धनबाङ लगातय स्थानको जंगलमा आगलागी भइरहेको जिल्ला वन डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...