News Portal

रेडियो सुन्नुहोस्

५ वर्षदेखि उपचार नपाएका बालकको निशुल्क उपचार हुने

गाउँपालिकाको अनुरोधमा अपरेशन निशुल्क, अस्पत्ताल वस्दाको खर्च राप्ति गाउँपालिकाले व्यहोर्ने

बोमवहादुर परियार२०८० जेठ १०/राप्ती गाउँपालिका दाङ्ग
८३२ पटक
२०८० जेठ १०/राप्ती गाउँपालिका दाङ्ग

५ वर्षदेखि उपचार नपाएर पेटमा पारिएको प्वालवाट दिसा चुहाउदै कष्टकर जिवन बाँचिरहेका दाङ्गको राप्ती गाउँपालिका वर्डा नं ९ का वालक सन्तोष कुमार पुनको निशुल्क उपचार हुने भएको छ ।

अवको एक हप्ताभित्र बालकको निशुल्क उपचारका लागि कान्ति बाल अस्पत्ताल काठमाण्डौ लग्ने तयारी गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वताए ।

राप्ती गाउँपालिकाको अनुरोधमा सिद्धार्थ बाल तथा महिला अस्पत्ताल आम्दाका बालरोग बिशेषज्ञ डा. सन्तोष पोख्रेलको टोलिले काठमाण्डौमा निशुल्क अपरेशन गर्ने भएको छ । भने, काठमाण्डौ सम्म जान र त्यहाँ बसुन्जेलको खर्च राप्ती गाउँपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले वताए ।

मंगलवार झुलेनी पोष्ट अनलाईनवाट ‘मलद्वार नभएका दाङ्गका वालकले उपचार अभावमा पेटवाटै दिसा खसाउछन् (भिडियोसहित)’ शिर्षकमा समाचार प्रकाशित भएपछी चौतर्फि चासो वढेको थियो ।

जन्मदै मलद्वारको प्वाल नभएका वालक सन्तोषको पेटमा चिकित्सकले वनाईदिएको प्वालवाट दिसा वग्ने गरेको छ । ५ महिनापछी अपरेशन गर्ने भनेर चिकित्सकले पठाएका बालकको आर्थिक अभावमा ५ वर्षसम्म उपचार हुन सकेको थिएन ।

समाचार प्रकाशन भएसंगै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उपचारको लागि पहल थालेका थिए । २४ घण्टा नवित्दै उनको निशुल्क उपचार हुने निस्चित भएको छ । बच्चाको उपचार हुने भएपछी परिवार खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...