News Portal

रेडियो सुन्नुहोस्

मलद्वार नभएका दाङ्गका बालकले उपचार अभावमा पेटबाटै दिसा खसाउछन् (भिडियोसहित..)

उपचारका लागि अभिभावकद्वारा सहयोगको याचना

बोमवहादुर परियार२०८० जेठ ९ / घोषखोला दाङ्ग
१५१० पटक
२०८० जेठ ९ / घोषखोला दाङ्ग

राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन ।

२०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन । जन्मेको केहिदिनपछीसम्म वच्चाले दिसा गर्न नसकेपछी उनका वुवाआमा छटपटाउन थाले । उपचारका लागि टाढा लैजाने पैसा थिएन भने नवजात सन्तानको छटपछी हेरेर वस्नसक्ने अवस्था पनि !

गाउँका छिमेकि र आफन्तले थोरैधेरै सहयोग उठाएर वच्चालाई उपचारका लागि कान्ति वाल अस्पत्ताल काठमाण्डौ पुर्याए । जन्मदै मलद्वारको प्वाल नभएका उनको तत्काल अपरेशन संभव नभएपछी पेटमा प्वाल पारेर दिसा निस्कने ठाउँ वनाईयो ।

५ महिनापछी अपरेशन गरेर मलद्धारमा प्वाल वनाउने सुझावसहित चिकित्सकले घर फर्काएका सन्तोषलाई आर्थिक अभावका कारण त्यसपछी अस्पत्ताल नलगिएको उनकी आमा फनिसरा पुनले वताईन ।
लामो समय भयो बालकले निकै कस्टपुर्ण जिवन जिउदै आएका छन । राप्ती गाउँपालिकाको वर्डा नं ९ को विकट वस्ति घोषखोला जङगलको बिचमा पर्छ । खरले छाएको एउटा सानो घरमा उनिहरुको ६ जनाको परिवार बस्दै आएका छन ।

साझ बिहान खान जोहो गर्न नै धौ–धौ हुने परिवारलाई वच्चाको उपचार गर्न सहज हुने त कुरै भएन । कहिले भारतमा त कहिले नेपालमा मजदुरी गर्दै आएका गोर वहादुर पुन मगरले अहिले गाउँमै मजदुरी गर्छन । उनको मजदुरीवाट आउने पैसाले नै उनको परिवारले जिविकोपार्जन गर्दै आएको छ ।

“खाना जोहो गर्न पनि गाह्रो छ कसरी उसको(छोरा सन्तोष) उपचार गर्नु” उनको घरमै पुगेका झुलेनी पोष्टका पत्रकारसंग आफ्ना दुःख सुनाउदै गोर वहादुरले भने– “अस्पत्तालमा १ देखी २ लाखमा उपचार हुन्छ ५ महिनापछी ल्याउनु भनेका थिए । तर, त्यसपछी त्यत्रो पैसा कहिल्यै भएन त्यसैले अस्पत्ताल लगेनौँ ।”

त्यसपछी उनकी आमा फनिसराले झुलेनी पोष्टकर्मी संग दुःखका कुरा सुनाउन थालिन –“अरु दुईभाई स्कुल जान्छन् । तर, उस्ले दिसा स्याहार्न सक्दैन । पेटमा वनाएको प्वालवाट जतिवेला पनि दिसा खसिरहन्छ । त्यसैले स्कुल जाने उमेर भएर पनि जादैन ।”

केहि लाख रकम उपचारखर्च नहुँदा ५ वर्षका वालक पेटमा वनाएको प्वालवाट दिसा चुहाउँदै हिड्छन् त्यो पनि प्रदेश राजधानिको नजिकै रहेको गाउँमा भन्दा पत्यार नलाग्न सक्छ । तर, गोर वहादुरको परिवारले यो सत्यलाई निरन्तर झेलिरहेको छ ।

सहयोगको लागि वडासम्म पुगेका उनिहरुलाई वडाले ५ वर्षअगाडी सहयोग उठाउन सिफारिसमात्र दिएको गोर वहादुरले वताए । वच्चाको उपचारका लागि सहयोग गरिदिन उनिहरुको परिवारले अनुरोध गरेको छ ।

भिडियो हेर्नुहोस्…..

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...