News Portal

रेडियो सुन्नुहोस्

मलद्वार नभएका दाङ्गका बालकले उपचार अभावमा पेटबाटै दिसा खसाउछन् (भिडियोसहित..)

उपचारका लागि अभिभावकद्वारा सहयोगको याचना

बोमवहादुर परियार२०८० जेठ ९ / घोषखोला दाङ्ग
१२५७ पटक
२०८० जेठ ९ / घोषखोला दाङ्ग

राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन ।

२०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन । जन्मेको केहिदिनपछीसम्म वच्चाले दिसा गर्न नसकेपछी उनका वुवाआमा छटपटाउन थाले । उपचारका लागि टाढा लैजाने पैसा थिएन भने नवजात सन्तानको छटपछी हेरेर वस्नसक्ने अवस्था पनि !

गाउँका छिमेकि र आफन्तले थोरैधेरै सहयोग उठाएर वच्चालाई उपचारका लागि कान्ति वाल अस्पत्ताल काठमाण्डौ पुर्याए । जन्मदै मलद्वारको प्वाल नभएका उनको तत्काल अपरेशन संभव नभएपछी पेटमा प्वाल पारेर दिसा निस्कने ठाउँ वनाईयो ।

५ महिनापछी अपरेशन गरेर मलद्धारमा प्वाल वनाउने सुझावसहित चिकित्सकले घर फर्काएका सन्तोषलाई आर्थिक अभावका कारण त्यसपछी अस्पत्ताल नलगिएको उनकी आमा फनिसरा पुनले वताईन ।
लामो समय भयो बालकले निकै कस्टपुर्ण जिवन जिउदै आएका छन । राप्ती गाउँपालिकाको वर्डा नं ९ को विकट वस्ति घोषखोला जङगलको बिचमा पर्छ । खरले छाएको एउटा सानो घरमा उनिहरुको ६ जनाको परिवार बस्दै आएका छन ।

साझ बिहान खान जोहो गर्न नै धौ–धौ हुने परिवारलाई वच्चाको उपचार गर्न सहज हुने त कुरै भएन । कहिले भारतमा त कहिले नेपालमा मजदुरी गर्दै आएका गोर वहादुर पुन मगरले अहिले गाउँमै मजदुरी गर्छन । उनको मजदुरीवाट आउने पैसाले नै उनको परिवारले जिविकोपार्जन गर्दै आएको छ ।

“खाना जोहो गर्न पनि गाह्रो छ कसरी उसको(छोरा सन्तोष) उपचार गर्नु” उनको घरमै पुगेका झुलेनी पोष्टका पत्रकारसंग आफ्ना दुःख सुनाउदै गोर वहादुरले भने– “अस्पत्तालमा १ देखी २ लाखमा उपचार हुन्छ ५ महिनापछी ल्याउनु भनेका थिए । तर, त्यसपछी त्यत्रो पैसा कहिल्यै भएन त्यसैले अस्पत्ताल लगेनौँ ।”

त्यसपछी उनकी आमा फनिसराले झुलेनी पोष्टकर्मी संग दुःखका कुरा सुनाउन थालिन –“अरु दुईभाई स्कुल जान्छन् । तर, उस्ले दिसा स्याहार्न सक्दैन । पेटमा वनाएको प्वालवाट जतिवेला पनि दिसा खसिरहन्छ । त्यसैले स्कुल जाने उमेर भएर पनि जादैन ।”

केहि लाख रकम उपचारखर्च नहुँदा ५ वर्षका वालक पेटमा वनाएको प्वालवाट दिसा चुहाउँदै हिड्छन् त्यो पनि प्रदेश राजधानिको नजिकै रहेको गाउँमा भन्दा पत्यार नलाग्न सक्छ । तर, गोर वहादुरको परिवारले यो सत्यलाई निरन्तर झेलिरहेको छ ।

सहयोगको लागि वडासम्म पुगेका उनिहरुलाई वडाले ५ वर्षअगाडी सहयोग उठाउन सिफारिसमात्र दिएको गोर वहादुरले वताए । वच्चाको उपचारका लागि सहयोग गरिदिन उनिहरुको परिवारले अनुरोध गरेको छ ।

भिडियो हेर्नुहोस्…..

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...