News Portal

रेडियो सुन्नुहोस्

५ वर्षदेखि उपचार नपाएका बालकको निशुल्क उपचार हुने

गाउँपालिकाको अनुरोधमा अपरेशन निशुल्क, अस्पत्ताल वस्दाको खर्च राप्ति गाउँपालिकाले व्यहोर्ने

बोमवहादुर परियार२०८० जेठ १०/राप्ती गाउँपालिका दाङ्ग
१०३५ पटक
२०८० जेठ १०/राप्ती गाउँपालिका दाङ्ग

५ वर्षदेखि उपचार नपाएर पेटमा पारिएको प्वालवाट दिसा चुहाउदै कष्टकर जिवन बाँचिरहेका दाङ्गको राप्ती गाउँपालिका वर्डा नं ९ का वालक सन्तोष कुमार पुनको निशुल्क उपचार हुने भएको छ ।

अवको एक हप्ताभित्र बालकको निशुल्क उपचारका लागि कान्ति बाल अस्पत्ताल काठमाण्डौ लग्ने तयारी गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वताए ।

राप्ती गाउँपालिकाको अनुरोधमा सिद्धार्थ बाल तथा महिला अस्पत्ताल आम्दाका बालरोग बिशेषज्ञ डा. सन्तोष पोख्रेलको टोलिले काठमाण्डौमा निशुल्क अपरेशन गर्ने भएको छ । भने, काठमाण्डौ सम्म जान र त्यहाँ बसुन्जेलको खर्च राप्ती गाउँपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले वताए ।

मंगलवार झुलेनी पोष्ट अनलाईनवाट ‘मलद्वार नभएका दाङ्गका वालकले उपचार अभावमा पेटवाटै दिसा खसाउछन् (भिडियोसहित)’ शिर्षकमा समाचार प्रकाशित भएपछी चौतर्फि चासो वढेको थियो ।

जन्मदै मलद्वारको प्वाल नभएका वालक सन्तोषको पेटमा चिकित्सकले वनाईदिएको प्वालवाट दिसा वग्ने गरेको छ । ५ महिनापछी अपरेशन गर्ने भनेर चिकित्सकले पठाएका बालकको आर्थिक अभावमा ५ वर्षसम्म उपचार हुन सकेको थिएन ।

समाचार प्रकाशन भएसंगै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उपचारको लागि पहल थालेका थिए । २४ घण्टा नवित्दै उनको निशुल्क उपचार हुने निस्चित भएको छ । बच्चाको उपचार हुने भएपछी परिवार खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...