News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

बोम बहादुर परियार२०८० जेठ १७
८६१ पटक
२०८० जेठ १७

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ । वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता र मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै धरम्पानी स्वास्थ्य चौकिका प्रमुख टुकाराम पोख्रेलले सरकारले अबलम्बन गरेका नितिनियम र सन्चालन गरेका गतिबिधिका बिषयमा प्रस्तुतीकरण दिएका थिए ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न नसर्ने रोगहरु क्यान्सर, मुटु रोग, दिर्घ स्वास प्रस्वास सम्बन्धी रोग र मधुमेह हुनुको प्रमुख कारण रहेको बताए ।

त्यस्तै बार्षिक नेपालमा करिब २७ हजार १ सय ३७ मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको पोख्रेलले बताए । त्यसैले यसको सेवन नगर्न उनले आग्रह गरेका थिए ।

नेपाल सरकारले तोकिदिएको सार्बजनिक ठाउँबाट एक सय मिटर वरपर सुर्तीजन्य पदार्थ बेच्न र सेवन गर्न रोक लगाएता पनी ब्यावहारमा लागू नभएको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथिती कृष्ण बहादुर खड्काले सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा प्रयोगको न्यूनीकरण गर्न कडाईको साथ लाग्ने बाताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नोमराज पौडेलले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणको लागि महिला स्वास्थ्य स्वयंसेबिका हरुको समाजमा बिशेष भुमिका हुने हुँदा उनिहरुको सहयोगमा स्थानिय स्तरमा चेतना स्तर बढाउने कार्यक्रमहरु अगाडि लैजानुपर्ने बताए ।

मल्लरानी गाउपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिका, जनप्रतिनिधि, स्थानिय व्यापारी, स्वास्थ चौकी ब्याबस्थापन समिती र सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...