News Portal

रेडियो सुन्नुहोस्

भान्सा सुधार कार्यक्रम बिहिबार मल्लरानी ३ मा सम्पन्न

बोम बहादुर परियार२०८० जेठ २६
१२५८ पटक
२०८० जेठ २६

स्वस्थकर जिवनशैली प्रबर्द्धन ग्रीहणीहरुका लागि भान्सा सुधार कार्यक्रम बिहिबार मल्लरानी ३ निसानटाकुरामा सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद प्युठानको आयोजनामा कबिराज निरीक्षक टुक बहादुर रोकाको अध्यक्षता मा प्रमुख अथिती मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेलले पुरानो सस्कार सस्कृतिको संरक्षण गर्दै पराम्परागत खाना जस्तै ः आटो, ढिडो, सिस्नो, प्रयोगको अभियान लाई सुरु गर्नु पर्ने बताए ।

त्यस्तै अध्यक्ष पौडेलले प्रत्यक घरमा दुनो भैंसी पाल्नुपर्ने भन्दै दुध घ्यु गाउमै उत्पादन गरि भान्सा सुधार अभियान लाई अगाडि बढाउने बताए । त्यस्तै कार्यक्रमको सहजिकरण गर्दै कबिराज निरीक्षक टुक बहादुर रोकाले ग्रीहणीहरुका लागि भान्सा सुधार कार्यक्रममा खानपान तथा जिबनशैली सुधार, योग प्राणायाम र ध्यानका बिषयमा लाग्न जोड दिएका थिए ।

भान्सा सुधार कार्यक्रम लाई ब्यबस्थापन गर्न सके निरोगी भैई बाच्न सकिने उनले बताए । त्यस्तै आयुर्वेद निरीक्षक थानेस्वर न्यौपानेले भान्सामा प्रयोग गरिने विभिन्न जरिबुटी हरुको मात्रा, प्रयोग गरिने विधि, त्यसको फाईदा बेफाईदा र अत्यधिक औषधि उपयोगी जरिबुटिको प्रयोग गर्न आग्रह गरेका थिए ।

जिल्लाका सबै स्थानिय तहका २० वटा वडामा भान्सा सुधार कार्यक्रम संचालन गरिने रोकाले बताए । वडा अध्यक्षको संयोजकत्वमा नागरिक आरोग्य केन्द्र समेत गठन गरिएको छ ।

कार्यक्रममा विभिन्न आमा समूह, महिला स्वास्थ स्वयंसेबिका, वडामा पर्ने विभिन्न बिद्यालयका शिक्षक, समाजसेवि लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...