News Portal

रेडियो सुन्नुहोस्

भान्सा सुधार कार्यक्रम बिहिबार मल्लरानी ३ मा सम्पन्न

बोम बहादुर परियार२०८० जेठ २६
१०७९ पटक
२०८० जेठ २६

स्वस्थकर जिवनशैली प्रबर्द्धन ग्रीहणीहरुका लागि भान्सा सुधार कार्यक्रम बिहिबार मल्लरानी ३ निसानटाकुरामा सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद प्युठानको आयोजनामा कबिराज निरीक्षक टुक बहादुर रोकाको अध्यक्षता मा प्रमुख अथिती मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेलले पुरानो सस्कार सस्कृतिको संरक्षण गर्दै पराम्परागत खाना जस्तै ः आटो, ढिडो, सिस्नो, प्रयोगको अभियान लाई सुरु गर्नु पर्ने बताए ।

त्यस्तै अध्यक्ष पौडेलले प्रत्यक घरमा दुनो भैंसी पाल्नुपर्ने भन्दै दुध घ्यु गाउमै उत्पादन गरि भान्सा सुधार अभियान लाई अगाडि बढाउने बताए । त्यस्तै कार्यक्रमको सहजिकरण गर्दै कबिराज निरीक्षक टुक बहादुर रोकाले ग्रीहणीहरुका लागि भान्सा सुधार कार्यक्रममा खानपान तथा जिबनशैली सुधार, योग प्राणायाम र ध्यानका बिषयमा लाग्न जोड दिएका थिए ।

भान्सा सुधार कार्यक्रम लाई ब्यबस्थापन गर्न सके निरोगी भैई बाच्न सकिने उनले बताए । त्यस्तै आयुर्वेद निरीक्षक थानेस्वर न्यौपानेले भान्सामा प्रयोग गरिने विभिन्न जरिबुटी हरुको मात्रा, प्रयोग गरिने विधि, त्यसको फाईदा बेफाईदा र अत्यधिक औषधि उपयोगी जरिबुटिको प्रयोग गर्न आग्रह गरेका थिए ।

जिल्लाका सबै स्थानिय तहका २० वटा वडामा भान्सा सुधार कार्यक्रम संचालन गरिने रोकाले बताए । वडा अध्यक्षको संयोजकत्वमा नागरिक आरोग्य केन्द्र समेत गठन गरिएको छ ।

कार्यक्रममा विभिन्न आमा समूह, महिला स्वास्थ स्वयंसेबिका, वडामा पर्ने विभिन्न बिद्यालयका शिक्षक, समाजसेवि लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...