News Portal

रेडियो सुन्नुहोस्

फेरि डस्यो सर्पले प्यूठानका दुई बालबालिकालाई

झुलेनी नेटवर्क२०८० असार २५
५९० पटक
२०८० असार २५

सोमवार विहान प्यूठान नगरपालिका–१,खैरामा सर्पले डसेका दुई बालबालिकालाई प्यूठान अस्पतालमा प्राथमिक उपचार सुरु गरिएको छ । अस्पतालमा एन्टि स्नेक भेनम दिएर प्रारम्भीक उपचार सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खलानले जानकारी दिइन ।

प्यूठान नगरपालिका १ खैराका एकै घरका १५ वर्षीय करीना र १० वर्षीय करण बस्नेतलाई सोमबार राती करीव ४ बजेतीर सुतेको समयमा सर्पले डसेको स्थानीय छन्दबहादुर बस्नेतले जानकारी दिए । प्यूठान अस्पतालमा रहेको टेलिमेडिसीन सेन्टर मार्फत भेरी अस्पताल नेपालगञ्ज बांकेका सर्पदंशरोग विशेषज्ञ कृष्ण आचार्यसंग परामर्श गरेर सर्पदंशको उपचार सुरुगरेको प्यूठान अस्पताले जनाएको छ ।

विरामीको स्वास्थ्य अवस्थालाई हेरेर बाहिर पठाउन पर्ने अवस्था पनि आउन सक्ने खनालले बताइन । एउटै विस्तारामा सुतेका भाई करणलाई छातीमा र दिदी करीनालाई हातमा सर्पले डसेको छ । दिदीलाई भन्दा भाइलाई समस्या बढी देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...