News Portal

रेडियो सुन्नुहोस्

फेरि डस्यो सर्पले प्यूठानका दुई बालबालिकालाई

झुलेनी नेटवर्क२०८० असार २५
७११ पटक
२०८० असार २५

सोमवार विहान प्यूठान नगरपालिका–१,खैरामा सर्पले डसेका दुई बालबालिकालाई प्यूठान अस्पतालमा प्राथमिक उपचार सुरु गरिएको छ । अस्पतालमा एन्टि स्नेक भेनम दिएर प्रारम्भीक उपचार सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खलानले जानकारी दिइन ।

प्यूठान नगरपालिका १ खैराका एकै घरका १५ वर्षीय करीना र १० वर्षीय करण बस्नेतलाई सोमबार राती करीव ४ बजेतीर सुतेको समयमा सर्पले डसेको स्थानीय छन्दबहादुर बस्नेतले जानकारी दिए । प्यूठान अस्पतालमा रहेको टेलिमेडिसीन सेन्टर मार्फत भेरी अस्पताल नेपालगञ्ज बांकेका सर्पदंशरोग विशेषज्ञ कृष्ण आचार्यसंग परामर्श गरेर सर्पदंशको उपचार सुरुगरेको प्यूठान अस्पताले जनाएको छ ।

विरामीको स्वास्थ्य अवस्थालाई हेरेर बाहिर पठाउन पर्ने अवस्था पनि आउन सक्ने खनालले बताइन । एउटै विस्तारामा सुतेका भाई करणलाई छातीमा र दिदी करीनालाई हातमा सर्पले डसेको छ । दिदीलाई भन्दा भाइलाई समस्या बढी देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...