News Portal

रेडियो सुन्नुहोस्

आहा ! कती राम्रा तिम्ल्याहा छोरीहरु

झुलेनी नेटवर्क२९ असार २०८०
४११ पटक
२९ असार २०८०

प्यूठानको ऐरावती गाउँपालिका ३ जाबुनेकी माया आलेको कोखबाट एकै पटक तिन छोरीहरु जन्मेका छन् । बिहे गरेको लामो सयमपछि एकै पटक तिन छोरीहरु जन्मेपछि आले परिवार निकै खुसी छन् । काखमा एउटै उमेरका स साना नानीहरु राखेर प्रसन्न मुद्रामा एक आपसमा कुरा गर्दै गरेको अवस्थामा भेटिएकी ऐरावति गाउँपालिका वडा नं.३ जाबुने की माया थापा आलेले छोरीहरु जम्मेपछि परिवारमा खुसी ल्याएको बताएइन् । हेर्दा ६÷७ महिनाका जस्ता देखिने तिम्ल्याहा छोरीहरु सहित भारतको दिल्लीबाट फर्कदै गर्दा हामीले उनीहरुलाई बिजुवारमा भेटेका थियांै ।

 

अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ कि मायाले २०७३ सालमा ऐरावति गाउँपालिका वडा नं.३ जाबुनेका लिलबहादुर आलेसंग विवाह गरेकी थिईन । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि आले दम्पत्ती तनावमा थियो । आले परिवारमा हजुरबुबा हजुर आमालाई नाति नातिना खेलाउने साह्रै रहर थियो । ‘लामो समयसम्म बच्चा नजन्मिए पछि सबै दुखी थियौं,’ ‘मायाले भनिन् –“सन्तानको रुपमा एकै पटक तीन वटा लक्ष्मी भगवान जसरी आए यसले परिवारमा खुसि ल्याएको छ ।”

 

एकै पटक तीन सन्तान हुर्काउन आले परिवारले कुनै गाह्रो महसुस गरेको छैन । छोरीहरु हुर्काउन कहिले थकान महसुस नभएको उनले सुनाइन । गर्भावस्थामा तिन वटा बच्चा बोकेर हिड्डुल गर्र्न निकै गाह्रो भए पनि बच्चा जन्मिसकेपछि पारिवारिक सहयोगका कारण हुर्काउन त्यति समस्या नपरेको उनको भनाई छ । भारतको नयाँ दिल्लीमा शल्यक्रियामार्फत तीन छोरीहरु जन्माएको उनले बताईन । ‘बच्चाहरुलाई आमाको दूधले मात्र नपुगेर प्याकेटको दूध पाउडर खुवाउने गरेका छौं,’ बुबा लिल बहादुरले भने,‘बच्चाहरुका लागि दिनमा झण्डै २ हजार ५ सय बराबर खर्च हुने गरेको छ ।’

जन्मेदेखि बच्चाहरु बिरामी परेका छैनन् । आले परिवार सबैको ध्यान तीन छोरीहरुलाई हुर्काउन मै छ । तिम्ल्याहा बालिकाका ६४ बर्षका हजुरबुबा भुपेन्द्र बहादुर आले अहिले अत्यन्तै खुसि भएको बताउँछन् । ४ छोरी र २ छोराका बुबा रहेका भुपेन्द्रले लामो समयको आफ्नो पर्खाईपछि बल्ल हजुरबुबा बन्ने सौभाग्य पाएको बताए । आले परिवारले बच्चाहरुको नाम लिया,लिजा र लिसा आले राखेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...