News Portal

रेडियो सुन्नुहोस्

आहा ! कती राम्रा तिम्ल्याहा छोरीहरु

झुलेनी नेटवर्क२९ असार २०८०
८१३ पटक
२९ असार २०८०

प्यूठानको ऐरावती गाउँपालिका ३ जाबुनेकी माया आलेको कोखबाट एकै पटक तिन छोरीहरु जन्मेका छन् । बिहे गरेको लामो सयमपछि एकै पटक तिन छोरीहरु जन्मेपछि आले परिवार निकै खुसी छन् । काखमा एउटै उमेरका स साना नानीहरु राखेर प्रसन्न मुद्रामा एक आपसमा कुरा गर्दै गरेको अवस्थामा भेटिएकी ऐरावति गाउँपालिका वडा नं.३ जाबुने की माया थापा आलेले छोरीहरु जम्मेपछि परिवारमा खुसी ल्याएको बताएइन् । हेर्दा ६÷७ महिनाका जस्ता देखिने तिम्ल्याहा छोरीहरु सहित भारतको दिल्लीबाट फर्कदै गर्दा हामीले उनीहरुलाई बिजुवारमा भेटेका थियांै ।

 

अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ कि मायाले २०७३ सालमा ऐरावति गाउँपालिका वडा नं.३ जाबुनेका लिलबहादुर आलेसंग विवाह गरेकी थिईन । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि आले दम्पत्ती तनावमा थियो । आले परिवारमा हजुरबुबा हजुर आमालाई नाति नातिना खेलाउने साह्रै रहर थियो । ‘लामो समयसम्म बच्चा नजन्मिए पछि सबै दुखी थियौं,’ ‘मायाले भनिन् –“सन्तानको रुपमा एकै पटक तीन वटा लक्ष्मी भगवान जसरी आए यसले परिवारमा खुसि ल्याएको छ ।”

 

एकै पटक तीन सन्तान हुर्काउन आले परिवारले कुनै गाह्रो महसुस गरेको छैन । छोरीहरु हुर्काउन कहिले थकान महसुस नभएको उनले सुनाइन । गर्भावस्थामा तिन वटा बच्चा बोकेर हिड्डुल गर्र्न निकै गाह्रो भए पनि बच्चा जन्मिसकेपछि पारिवारिक सहयोगका कारण हुर्काउन त्यति समस्या नपरेको उनको भनाई छ । भारतको नयाँ दिल्लीमा शल्यक्रियामार्फत तीन छोरीहरु जन्माएको उनले बताईन । ‘बच्चाहरुलाई आमाको दूधले मात्र नपुगेर प्याकेटको दूध पाउडर खुवाउने गरेका छौं,’ बुबा लिल बहादुरले भने,‘बच्चाहरुका लागि दिनमा झण्डै २ हजार ५ सय बराबर खर्च हुने गरेको छ ।’

जन्मेदेखि बच्चाहरु बिरामी परेका छैनन् । आले परिवार सबैको ध्यान तीन छोरीहरुलाई हुर्काउन मै छ । तिम्ल्याहा बालिकाका ६४ बर्षका हजुरबुबा भुपेन्द्र बहादुर आले अहिले अत्यन्तै खुसि भएको बताउँछन् । ४ छोरी र २ छोराका बुबा रहेका भुपेन्द्रले लामो समयको आफ्नो पर्खाईपछि बल्ल हजुरबुबा बन्ने सौभाग्य पाएको बताए । आले परिवारले बच्चाहरुको नाम लिया,लिजा र लिसा आले राखेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...