News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा धानबालीमा रोग लागेर सखाप, किसान चिन्तित

झुलेनी नेटवर्क१ श्रावण २०८०
५९९ पटक
१ श्रावण २०८०

प्यूठानको झिंमरुक फाँट क्षेत्रमा धानबालीमा रोग लागेपछि किसान चिन्तित छन् । रोपाई गरेको एक महिनापछि धानमा रोग लागेर बोट कुहिने,सुक्ने भएपछि किसानका खेत बाँझै देखिन थालेको छ ।
प्यूठान नगरपालिका ४ को जुम्रीफाँट क्षेत्रमा धानमा रोग लागेर सखाप पार्न थालेको स्थानीय किसान बालिका पुनले बताइन् ।

‘पहिले बोट रातो,पहेलो हँुदै सखाप भएको छ,’ उनले भनिन, ‘गोडमेल गरेर मल राखे पनि रोग नियन्त्रणमा आएन ।’ उनको मात्र होइन यस क्षेत्रका धेरै किसानको धानबालीमा रोग लागेर ठूलो नोक्सान गरेको छ । प्यूठानको झिमरुक, खैरा, खप्रेङंगखोला लगायतका फाँट क्षेत्रमा धानमा रोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका प्रमुख चुमान गिरीले बताए ।

‘यो रोग एक प्रकारको रातो गड्यौला हो,’उनले भने, ‘पहिले गड्यौलाले जरा भागमा बसेर नोक्सान गर्छ, त्यसपछि धानको बोट रातो पहेँलो हुँदै सखाप हुन्छ ।’ गिरीले खप्रेङंगखोला र खैरा फाँटमा पुगेर किसानसंग समन्वय गरि विषादि छर्केपछि केहि नियन्त्रणमा आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...