News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा धानबालीमा रोग लागेर सखाप, किसान चिन्तित

झुलेनी नेटवर्क१ श्रावण २०८०
७६७ पटक
१ श्रावण २०८०

प्यूठानको झिंमरुक फाँट क्षेत्रमा धानबालीमा रोग लागेपछि किसान चिन्तित छन् । रोपाई गरेको एक महिनापछि धानमा रोग लागेर बोट कुहिने,सुक्ने भएपछि किसानका खेत बाँझै देखिन थालेको छ ।
प्यूठान नगरपालिका ४ को जुम्रीफाँट क्षेत्रमा धानमा रोग लागेर सखाप पार्न थालेको स्थानीय किसान बालिका पुनले बताइन् ।

‘पहिले बोट रातो,पहेलो हँुदै सखाप भएको छ,’ उनले भनिन, ‘गोडमेल गरेर मल राखे पनि रोग नियन्त्रणमा आएन ।’ उनको मात्र होइन यस क्षेत्रका धेरै किसानको धानबालीमा रोग लागेर ठूलो नोक्सान गरेको छ । प्यूठानको झिमरुक, खैरा, खप्रेङंगखोला लगायतका फाँट क्षेत्रमा धानमा रोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका प्रमुख चुमान गिरीले बताए ।

‘यो रोग एक प्रकारको रातो गड्यौला हो,’उनले भने, ‘पहिले गड्यौलाले जरा भागमा बसेर नोक्सान गर्छ, त्यसपछि धानको बोट रातो पहेँलो हुँदै सखाप हुन्छ ।’ गिरीले खप्रेङंगखोला र खैरा फाँटमा पुगेर किसानसंग समन्वय गरि विषादि छर्केपछि केहि नियन्त्रणमा आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...