News Portal

रेडियो सुन्नुहोस्

२८ बर्ष देखि थलिएका चित्रबहादुर बाईसाईकलको सहायताले हिड्ने भए

झुलेनी नेटवर्क२०८० श्रावण ६
१३९४ पटक
२०८० श्रावण ६

लामो समयदेखि हिड्डुल गर्न नसक्ने चित्र बहादुर अहिले भने हिड्डुल गर्न सक्ने भएका छन् । झिमरुक गाउँपालिका ७ तुषाराका चित्र बहादुर रोका बिगत २८ बर्ष देखि हिडडुल गर्न सक्ने थिएनन । जन्मिएको २ बर्षमा उनको शरिरको बायाँ भाग चल्न छाडेपछि बिस्तारै उनी ओछ्यानमा थला परेका थिए ।

प्युठानका गरिब तथा बिपन्न परिवारका धेरै बिरामीहरुको उपचार गर्दै आएका पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर राजेन्द्र पौडेलले अहिले चित्र बहादुरलाई निशुल्क रुपमा बाईसाईकल उपलब्ध गराएपछि हिड्न सक्ने भएका हुन । अहिले उनी ओन हेन्ड बाईसाईकलको सहायताले हिड्ने भएका हुन ।

त्यस्तै चित्रबहादुरलाई पोखरा जाने आउने गाडी भाडा र खाना बस्न समेत निशुल्क व्यवस्था मिलाएको डाक्टर पौडेलले बताए । अहिले घर बाहिर समथर ठाउँमा उक्त बाईसाईकलको सहायताले हिड्न सक्ने भएको छु भन्दै चित्रबहादुरले डाक्टर राजेन्द्र पौडेललाई धन्यवाद दिएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...