News Portal

रेडियो सुन्नुहोस्

डेंगी रोकथामको लागि अन्तरक्रिया

झुलेनी नेटवर्क२०८० साउन १७
४५४ पटक
२०८० साउन १७

जिल्लामा डेंगी रोग फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बुधबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

स्थानीय तहहरुसंग समन्वय गरेर डेंगी रोगबारे सचेतना, जागुरुक गर्ने कार्यक्रम बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु मार्फत जनचेतना फैलाउने, जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्ने, स्थानीय सञ्चारमाध्यम मार्फत जिंगल उत्पादन गरेर प्रशासरण गर्ने योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताए ।

डेंगी ‘एडिस एजिप्टी र एसिड एल्बोपिक्टस्’ प्रजातीको लामखुट्टेहरुको टोकाइबाट सर्ने भएकाले लामखुट्टे बस्ने स्थानहरुको खोजीगरी नष्ट गर्नपर्ने पाण्डेको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रमपछि जोखिम क्षेत्र प्यूठान नगरपालिका ४ नयाँबजार स्थित बसपार्क क्षेत्रमा सरोकारवाला निकायसंग संयुक्त अनुगमन गरीएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता थियो । स्वास्थ्य कार्यालय प्यूठानकाअनुसार जिल्लामा अझैसम्म कुनै पनि बिरामीमा डेंगी संक्रमण देखिएको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...