News Portal

रेडियो सुन्नुहोस्

डेंगी रोकथामको लागि अन्तरक्रिया

झुलेनी नेटवर्क२०८० साउन १७
६२२ पटक
२०८० साउन १७

जिल्लामा डेंगी रोग फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बुधबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

स्थानीय तहहरुसंग समन्वय गरेर डेंगी रोगबारे सचेतना, जागुरुक गर्ने कार्यक्रम बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु मार्फत जनचेतना फैलाउने, जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्ने, स्थानीय सञ्चारमाध्यम मार्फत जिंगल उत्पादन गरेर प्रशासरण गर्ने योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताए ।

डेंगी ‘एडिस एजिप्टी र एसिड एल्बोपिक्टस्’ प्रजातीको लामखुट्टेहरुको टोकाइबाट सर्ने भएकाले लामखुट्टे बस्ने स्थानहरुको खोजीगरी नष्ट गर्नपर्ने पाण्डेको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रमपछि जोखिम क्षेत्र प्यूठान नगरपालिका ४ नयाँबजार स्थित बसपार्क क्षेत्रमा सरोकारवाला निकायसंग संयुक्त अनुगमन गरीएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता थियो । स्वास्थ्य कार्यालय प्यूठानकाअनुसार जिल्लामा अझैसम्म कुनै पनि बिरामीमा डेंगी संक्रमण देखिएको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...