News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आत्महत्याको दर बढ्दो

बिबश जि.एम २०८० श्रावण २९
११८६ पटक
२०८० श्रावण २९

प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो ।

आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने आर्थिक बर्ष २०७९/०८० मा विभिन्न कारणले ७० जनाले आत्महत्या गरेका छन् । गत आर्थिक बर्षमा १० जना बढिले बढेको हो ।

आत्महत्या गर्नेमा १८ बर्ष भन्दा मुनिका बालिका १३, बालक ४ गरि १७ जना बालबालिका रहेका छन् । त्यस्तै १८ देखी माथीका ३४ पुरुष र १९ महिला गरि ५३ जना रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीको अभिलेख अनुसार सबै जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

अत्यधिक मादक पदार्थ सेवन, वेरोजगारी, पारिवारीक समस्या, दीर्घ रोगका कारण समेत आत्महत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका बरिष्ठ नायब निरिक्षक ओमप्रकाश चौधरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...