News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आत्महत्याको दर बढ्दो

बिबश जि.एम २०८० श्रावण २९
८६० पटक
२०८० श्रावण २९

प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो ।

आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने आर्थिक बर्ष २०७९/०८० मा विभिन्न कारणले ७० जनाले आत्महत्या गरेका छन् । गत आर्थिक बर्षमा १० जना बढिले बढेको हो ।

आत्महत्या गर्नेमा १८ बर्ष भन्दा मुनिका बालिका १३, बालक ४ गरि १७ जना बालबालिका रहेका छन् । त्यस्तै १८ देखी माथीका ३४ पुरुष र १९ महिला गरि ५३ जना रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीको अभिलेख अनुसार सबै जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

अत्यधिक मादक पदार्थ सेवन, वेरोजगारी, पारिवारीक समस्या, दीर्घ रोगका कारण समेत आत्महत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका बरिष्ठ नायब निरिक्षक ओमप्रकाश चौधरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...