News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा ५ जना विशेषज्ञ सहितको टिमलाई स्वागत

बोम बहादुर परियार२०८० भदौ ८
८२६ पटक
२०८० भदौ ८

प्यूठान अस्पतालमा आज विशेषज्ञ डाक्टरहरुलाई स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच महिला तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, छातिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट ( बेहोस बनाउने ) र मेडिकल अधिकृत लगायतलाई स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै प्यूठान अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेलको पहल र निकसाइमोन्स इन्स्टिच्युटको सहयोगमा प्यूठान अस्पतालमा २ बर्ष सम्म कार्यकाल रहने गरि विशेषज्ञ डा. सहितको टिम ल्याइएको बताइन् । ‘साथै उनले भनिन्, जिल्लामै विशेषज्ञ सहितको टिम आएको छ, नागरिकहरुलाई सामान्य समस्याका कारण बुटवल दाङ जानुपर्ने बाध्य हटेको छ ।’ प्यूठान अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न थालिएको छ, त्यसमा सम्पूर्ण डाक्टर, कर्मचारी र सरोकारवालाहरुको सहयोग आवश्यक पर्छ ।’

प्यूठान अस्पतालको बृद्धिविकासका लागि निकसाईमोन्स इन्स्टिच्युटले विगत १२ बर्ष देखी काम गर्दै आएको छ र आगामी दिनमा पनि यस अस्ताललाई सहयोग गर्न कुनै कसुर बाकी नराख्ने निकसाइमोन्स इन्ष्टिच्यूटका सिनियर कार्यक्रम म्यानेजर डा. कासिम शाहले बताए ।

त्यस्तै प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले डाक्टरहरुलाई स्वागत गर्दै निकसाईमोन्सले लिएको ३ वटा हब अस्पताल मध्ये प्यूठान अस्पताल तेस्रो नम्बरमा रहेको बताए । प्यूठान अस्पताललाई अब सुबिधाका हिसाबले पहिलो नम्बरमा लैजानले संकल्प लिएको समेत उनले दाबी गरे । प्यूठान अस्पताल जिल्लाको मात्र नभई रोल्पा, गुल्मि, अर्घाखाँची लगायतका बिरामीहरुले सेवा लिने हुँदा यसको विकासमा सबै पक्षबाट ध्यान जान जरुरी रहेको भन्दै डाक्टरहरुलाई काम गर्ने उपयूक्त बातावरण मिलाउने बताए ।

अस्पताल विकास समिति प्यूठानका अध्यक्ष विजय विराज विष्टको अध्यक्षता तथा प्रमुख अतिथि निकसाइमोन्स इन्स्टिच्युटका सिनियर कार्यक्रम म्यानेजर डा. कासिम शाह थिए भने कार्यक्रममा विशेष अतिथिको रुपमा पोखरा विज्ञान प्रतिस्ठानमा कार्यरत हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...